राष्ट्र बैंकले एटिएमबाट झिक्न सकिने रकमको सीमा घटायो
जानकारी केन्द्र
२०८२, आश्विन, २६
काठमाडौं । नेपाल राष्ट्र बैंकले एटिएम (डेबिट कार्ड) मार्फत झिक्न सकिने रकमको सीमा घटाउने निर्णय गरेको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शुक्रबार जारी गरेको नयाँ निर्देशन अनुसार अब एक पटकमा अधिकतम २० हजार रुपैयाँ मात्र झिक्न पाइनेछ।
नयाँ निर्देशनअनुसार, अब एक दिनमा ५० हजार रुपैयाँ र एक महिनामा अधिकतम ३ लाख रुपैयाँ सम्म मात्रै डेबिट कार्डबाट झिक्न सकिने व्यवस्था गरिएको छ। यसअघि भने एटिएममार्फत एक पटकमा २५ हजार रुपैयाँ, एक दिनमा १ लाख रुपैयाँ र एक महिनामा ४ लाख रुपैयाँसम्म झिक्न पाइने व्यवस्था थियो।
राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन दिने र नगद कारोबारलाई नियमन गर्ने उद्देश्यले यस्तो व्यवस्था लागू गरिएको जनाएको छ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


