यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ६ गते, बिहान ११ बजेर ३९ मिनेटमा
जानकारी केन्द्र
२०८२, आश्विन, २८
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा रहेको जनाएको छ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित् योग र विजय मुहूर्तलाई आधार मानेर यो साइत निर्धारण गरिएको हो।
यमपञ्चक कात्तिक १ गते शनिबारबाट सुरु हुने तिहार पर्व कात्तिक २ काग तिहार, कात्तिक ३ कुकुर तिहार, लक्ष्मीपूजा कात्तिक ४,औँशी तिथिमा स्नान–दान, कात्तिक ५ गाई, गोरु र आत्म (म्ह) पूजा, नेपाल संवत् ११४६ को शुभारम्भ, कात्तिक ६ भाइटीका र किजा पूजा मनाइनेछ।
समितिका अनुसार भ्रातृपूजा शब्दले दाजु–भाइ दुवैलाई जनाउने भएकाले ज्येष्ठता अनुसार टीका लगाउन शास्त्रीय मान्यता छ।
सम्बन्धित समाचार
एआईको निर्णयमा कर्मचारी बर्खास्त,विश्वमै पहिलो घटना भएको दाबी
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

