२०८२ साल असोज २९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष राशि–
धन कमाउने योग छ र फलिफाप हुने दिन रहेको छ । पशुधनबाट पनि प्रशस्त फाइदा मिल्ने सम्भावना छ । काम बन्ने भएकाले मनमा सुखको अनुभूति हुनेछ । रमाइलो र सफल दिन रहनेछ ।
वृष राशि–
गरेका काम सफल हुनेछन् र त्यसबाट सन्तोषको अनुभव हुनेछ । नोकरीमा सामान्य प्रगति हुनेछ । विभिन्न किसिमका फाइदा हुनेछन् र अप्रत्याशित लाभ प्राप्त हुनेछ ।
मिथुन राशि–
काममा समस्या देखा पर्न सक्छ । अनावश्यक झमेलामा पर्न सक्ने भएकाले सचेत रहनुहोस् । आज केही हानी हुने सम्भावना छ, त्यसैले सावधानी अपनाउनु बुद्धिमानी हुनेछ ।
कर्कट राशि–
तपाईंको विचारले अरूलाई आकर्षित गर्ने समय आएको छ । धन आर्जनका अवसरहरू मिल्नेछन् । परोपकारका कार्यमा रुचि बढ्नेछ । कमाइको हिसाबले दिन शुभ रहनेछ ।
सिंह राशि–
अनौठो तरिकाले कमाइ भई मन प्रशन्न हुनेछ । टाढाको यात्राको योग पनि रहेको छ । फलिफाप हुने दिन हो । राम्रो कमाइका कारण सुख र सन्तोष प्राप्त हुनेछ ।
कन्या राशि–
टाढाको यात्रा गर्ने योजना छ भने केही दिनका लागि स्थगित गर्नु उपयुक्त हुनेछ । केही सुखद र केही दुःखद अनुभव हुन सक्छ । आकस्मिक रूपमा कमाइ हुने सम्भावना पनि छ ।
तुला राशि–
गरेका कामबाट ठूलो उपलब्धि प्राप्त नहुन सक्छ । समयको व्यर्थ नाश हुने सम्भावना छ । नसोचेको स्थानमा खर्च बढ्न सक्छ, आर्थिक व्यवस्थापनमा सावधानी अपनाउनुहोस् ।
वृश्चिक राशि–
अवसर खोज्ने क्रममा केही दौडधूप गर्नुपर्ला । अनावश्यक यात्राको सम्भावना छ । तर, आत्मीय व्यक्ति वा आफन्तको भेटले मनमा खुशी ल्याउनेछ । सुखद अनुभव हुने दिन हो ।
धनु राशि–
श्रद्धा, परोपकार र धर्म कर्ममा मन जानेछ । स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ । खर्चभन्दा कमाइ बढी हुनेछ । शिक्षा र ज्ञानका क्षेत्रमा पनि प्रगति हुने योग छ । पैसाको लाभ हुनेछ ।
मकर राशि–
दुःखमा साथ दिने व्यक्तिहरू भेटिनेछन् । आर्थिक लाभका अवसरहरू पनि प्राप्त हुनेछन् । विपरीत लिङ्गको साथ र सहयोगले मन प्रशन्न हुनेछ । मनोरञ्जनात्मक कार्यबाट पनि लाभ मिल्नेछ ।
कुम्भ राशि–
बिहान काममा सफलता मिल्नेछ भने बेलुका सामान्य तनाव हुन सक्छ । इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । मुद्दा मामिलामा पर्न सक्ने सम्भावना छ । दिन प्रतिकूल भएकाले धैर्य र सावधानी आवश्यक छ ।
मीन राशि–
पेशागत क्षेत्रमा केही समस्या देखिन सक्छ । केही सुखद र केही दुःखद घटना हुन सक्छन् । नोकरीमा झमेला वा डर उत्पन्न हुन सक्छ । काममा स्थायित्वका लागि धैर्यपूर्वक अघि बढ्नुहोस् ।
-ज्यो.पं. तुलसी भारद्वाज
सम्बन्धित समाचार
२०८३ साउन २९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन


