Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

लिपमोटर बी१० द्वारा सिंगल चार्जमै काठमाडौं–पोखरा–काठमाडौं यात्रा सफलतापूर्वक सम्पन्न

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, कार्तिक, १
लिपमोटर बी१० द्वारा सिंगल चार्जमै काठमाडौं–पोखरा–काठमाडौं यात्रा सफलतापूर्वक सम्पन्न

काठमाडौं । नेपाली बजारमा हालसालै भित्रिएको नयाँ बिद्युतीय कार लिपमोटर बी१० ले सिंगल चार्जमै काठमाडौं–पोखरा–काठमाडौं यात्रा सफलतापूर्वक सम्पन्न गरेको बताइएको छ ।

नेपालका लोकप्रिय अटोमोटिभ कन्टेन्ट प्लेटफर्मद्वारा हालै आयोजित रेञ्ज टेष्ट कार्यक्रममा बी१० को वास्तविक प्रदर्शन र दक्षता परीक्षण गरिएको हो । यस परीक्षणअन्तर्गत टोलीले लिपमोटर उत्तरढोकास्थित शोरुमबाट यात्रा सुरु गरी पोखरा लेकसाइडसम्म पुगेर पुनः काठमाडौं फर्कने सम्पूर्ण यात्रालाई एकै दिनमा करिब ४५० किलोमिटर दूरी तय गर्दै एकै चार्जमा सफलतापूर्वक पूरा गरेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार, यो सफल परीक्षणले लिपमोटर बी१० को उत्कृष्ट ऊर्जा दक्षता, अत्याधुनिक ब्याट्री प्रविधि र नेपालको विविध सडक अवस्थाहरूमा पनि विश्वसनीय प्रदर्शन गर्ने क्षमतालाई स्पष्ट प्रमाणित गरेको छ ।

यस उपलब्धिले लिपमोटरको लामो यात्रामा व्यावहारिक रेन्ज, आराम र आत्मविश्वाससहित स्मार्ट इलेक्ट्रिक मोबिलिटीको नयाँ युग सुरु गर्ने प्रतिबद्धतालाई झल्काएको कम्पनीले बताएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स