विद्यार्थी सवैभन्दा बढी नेपालीमै कमजोर
यसपालि एसएलसी नियमित र एक्जाम्टेड गरी ५ लाख ८८ हजार १ सय ५२ परीक्षार्थी सहभागी थिए। नियमिततर्फ ४ लाख ३७ हजार ३ सय २६ विद्यार्थी सहभागी रहेकोमा सबैभन्दा कम ‘ए’ प्लस भने नेपाली विषयमा ल्याएका छन्। नेपालीमा ६३ जनाले मात्र ‘ए’ प्लस ल्याएका छन्। ९०–१०० प्रतिशत ल्याउने ए प्लसम पर्छन्। ‘डी’ ल्याउने ४३ हजार ६ सय ३३ जना छन्। ‘ई’ ग्रेड ल्याउने २३ हजार ४६ छन्। नेपालीमा ४ लाख ३७ हजार १ सय ३३ परीक्षार्थी सहभागी थिए।
उता, अंग्रेजी भाषमा ए प्लस ल्याउनेको संख्या तुलनात्मकरुपमा निकै बढी छ। अंग्रेजी विषयमा ४ लाख ३६ हजार ९ सय ८३ परीक्षार्थी सहभागी रहेकोमा ए प्लस ल्याउने २० हजार ७ सय ९४ जना छन् भने ८६ हजार ६० ले डी र ७१ हजार १ सय २४ले ‘इ’ ग्रेड ल्याएका छन्।
पाठ्यक्रम विकास केन्द्रमा ७ वर्षसम्म कक्षा ९ र १० को नेपाली विषय समिति सदस्यका रुपमा काम गरेको प्रा.डा. दयाराम श्रेष्ठ विद्यार्थी नेपाली भाषामा कमजोर हुनुको दोष अंग्रेजी माध्यमबाट सञ्चालित निजी स्कुललाई दिन्छन्।
नागरिकबाट
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

