एनएमबी बैंकको नाफा २० प्रतिशतले घट्यो
काठमाडौं । एनएमबी बैंकको नाफामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उल्लेख्य गिरावट आएको छ। बैंकले उक्त अवधिमा ९१ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.०४ प्रतिशतले कम हो। गत आवको पहिलो त्रैमासमा बैंकको नाफा १ अर्ब १४ करोड रुपैयाँ थियो।
उक्त अवधिमा बैंकको खुद ब्याज आम्दानी २४।४९ प्रतिशतले घटेर २ अर्ब ४८ करोड ७२ लाख रुपैयाँमा सीमित भएको छ। यद्यपि बैंकको सञ्चालन आम्दानी भने २३.४७ प्रतिशतले बढ्दै ३ अर्ब ४४ करोड ४९ लाख रुपैयाँ पुगेको छ।
असोज मसान्तसम्म बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड रुपैयाँ, जगेडा कोष १४ अर्ब २६ करोड रुपैयाँ, निक्षेप संकलन २ खर्ब ९० अर्ब रुपैयाँ र कर्जा प्रवाह २ खर्ब ३४ अर्ब रुपैयाँ रहेको छ।
बैंकको वितरणयोग्य नाफा १ अर्ब ९४ करोड रुपैयाँ रहेको छ। नाफा घटेसँगै प्रतिसेयर आम्दानी (EPS) पनि ५ रुपैयाँले घटेर १९ रुपैयाँ ९५ पैसा पुगेको छ भने बैंकको प्रतिशेयर नेटवर्थ १७८ रुपैयाँ ६४ पैसा कायम भएको छ।
सम्बन्धित समाचार
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुँदै ।
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

