Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

२५ हजार फिट माथिबाट बिना पारासुट हामफालेर विश्व कीर्तिमान !

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, श्रावण, १६

अमेरिकी स्काइडाइभर लुक एइकिन्सले बिना पारासुट २५ हजार फिट माथीबाट हाम फालेर कीर्तिमान कायम गरेका छन् ।

दक्षिणी क्यालिफोर्नियामा बिना पारासुट २५ हजार फिट माथीबाट हाम फाल्दै सुरक्षित जालीमा अवतरण गरी एइकिन्सले गिनिज बुकमा नयाँ विश्व कीर्तिमान कायम गरेका हुन् ।

२६ वर्षदेखि स्काइडाइभिङ पेशामा आबद्ध ४२ बर्षे एइकिन्सलाई २५ हजार फिटबाट अवतरणका लागी राखिएको जालीसम्म आइपुग्न २ मिनेट लागेको थियो । उनको यो साहासिक कार्यलाई फक्स टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेको थियो ।

एइकिन्सले २ वर्षअघि साथीहरुले आफूलाई यो साहासिक कार्यका लागी हौसला दिएको बताएका छन् ।

युएस पारासुट एसोसियसनका ट्रेनिङ एडभाइजर रहेका एइकिन्सले आफुले देखेको सपना यथार्थमा परिणत हुँदाको खुसी शब्दमा बर्णन गर्न नसक्ने बताए । एजेन्सीको सहयोगमा

Top Changing Nepal

युट्युब सट्स