नक्कली बिलबिजक बनाएर ठगी, सचेत रहन प्रहरीको आग्रह
पर्सा । पर्सामा विभिन्न व्यापारिक प्रतिष्ठानको बिलबिजक नक्कली बनाएर कारोबार गर्ने प्रवृत्ति देखिएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिबहादुर बस्नेतले केही दिनयता सामाजिक सञ्जालमार्फत विभिन्न प्रतिष्ठित व्यापारिक प्रतिष्ठानहरूको बिलबिजक नक्कली बनाइ त्यस्ता बिलबिजकमार्फत विभिन्न व्यापारिक समूहबाट सामान खरिद गरेर ठगी गर्ने प्रवृत्ति बढेकाले सचेत रहन अनुरोध गरे ।
“नक्कली बिलबिजक बनाएर यहाँ सिमेन्ट, छड, मदिरा, मोटर पार्टस् आदि खरिद गरी ठगी गर्ने गरिएको घटना आइरहेको हुँदा व्यापारिक कारोबार गर्दा एकिन भएपश्चात मात्र गर्नुहुन अनुरोध गरिन्छ”, उनले भने, “आधिकारिकताबिनाका कुनै सामान खरिद नगर्नुहुन अनुरोध गरिन्छ, अन्यथा प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरासमेत अनुरोध गरिन्छ ।”
वीरगञ्ज उद्योग वाणिज्य सङ्घले केही दिनदेखि यहाँ नक्कली बिलबिजक बनाएर सिमेन्ट, छड, मदिरा, मोटर पार्टस् आदि खरिद गरी ठगी गर्ने गरिएको घटना आइरहेको हुँदा व्यापारिक कारोबार गर्दा सामान खरिद गर्ने प्रतिष्ठानका आधिकारिक व्यक्तिसँग एकिन गरी मात्र कारोबार गर्नुहुन अनुरोध गरेको छ ।
सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले प्रतिष्ठित औद्योगिक घराना, उद्योग तथा व्यावसायिक प्रतिष्ठानहरूका नाममा सामान खरिद गर्न आउने खरिदकर्ताको आधिकारिकता नबुझी त्यस्तासँग व्यावसायिक कारोबार, लेनदेन नगर्न हुनसमेत अनुरोध गरेको छ ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

