५० रुपैयाँका ४२ करोड नोट १ अर्ब ४८ करोडमा छाप्ने चिनियाँ कम्पनीसँग सम्झौता
जानकारी केन्द्र
२०८२, कार्तिक, २८
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट छाप्नका लागि चिनियाँ कम्पनी ‘चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन’ सँग सम्झौता गरेको छ। केन्द्रीय बैंकले आह्वान गरेको बोलपत्र प्रक्रियामा रितपूर्वक आवेदन दिने कम्पनीहरूमध्ये न्यून मूल्य प्रस्ताव गर्ने सो चिनियाँ कम्पनी छनोट भएको हो।
पूर्वयोग्यता पूरा गरेका ६ कम्पनी प्रतिस्पर्धामा सहभागी भएका थिए । तीमध्ये चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनले सबैभन्दा कम मूल्य प्रस्ताव गर्दै टेन्डर हात पारेको केन्द्रीय बैंकले जनाएको छ। सम्झौताअनुसार सो कम्पनीले ५० रुपैयाँ दरका ४२ करोड थान नोट छपाई, डिजाइन तथा आपूर्ति गर्नेछ।
यसका लागि राष्ट्र बैंकले उक्त कम्पनीसँग १ करोड ४ लाख २२ हजार ५३५.२१ अमेरिकी डलर (हालको विनिमय दर अनुसार करिब १ अर्ब ४८ करोड रुपैयाँ) मा सम्झौता गरेको छ।
सम्बन्धित समाचार
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुँदै ।
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

