मंसिर महिनाका लागि वाणिज्य बैंकहरुले घटाए ब्याजदर : कुनको कति , सबैभन्दा धेरै ब्याज ग्लोबल आइएमईमा पाइने
काठमाडौं । मंसिर महिनाका लागि ११ वटा वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन् । कूल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये ११ वटाले व्यक्तित निक्षपमा दिने व्याजदर घटाएका हुन् । त्यस्तै ९ वटा बैंकले निक्षेपमा दिने व्याजदर कात्तिक महिनाकै कायम गरेका छन् ।
कात्तिक महिनामा औषत व्याजदर ५.२ प्रतिशत रहेकोमा मंसिर महिनामा घटेर ५.०४ प्रतिशत रहेको छ । ग्लोबल आइएमई बैंकको व्याजदर सबैभन्दा धेरै अर्थात ६ प्रतिशत रहेको छ । त्यसैगरी, कृषि विकास बैंकको ४.७ प्रतिशत, एभरेष्ट बैंकको ५ प्रतिशत, नेपाल बैंकको ५.२५ प्रतिशत लक्ष्मी सनसाइज बैंक र माछापुच्छ्रे बैंकको ५ प्रतिशत, प्रभु बैंकको ४.९५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ४.७० प्रतिशत ब्याजदर रहेको छ ।
त्यस्तै, राष्ट्रिय वाणिज्यको ५.५ प्रतिशत, नबिल बैंकको ४.७५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंकको ५ प्रतिशत, प्राइम कमर्सियलको ४.७५ प्रतिशत, कुमारी बैंकको ४.९१ प्रतिशत, सानिमा बैंक र एनएमबी बैंकको ५ प्रतिशत, हिमालय बैंकको ५.५ प्रतिशत, नेपाल एसबिआई बैंकको ४.८ प्रतिशत र सिटिजन्स बैंकको ४.७५ प्रतिशत व्याजदर कायम गरिएको छ । मंसिर महिनाको लागि सबैभन्दा धेरै ब्याज दिने बैंक ग्लोबल आईएमई बनेको छ ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

