एनपीएलमा विराटनगर किङ्सको इन्टरनेट एक्सपिरियन्स पार्टनरमा सुबिसु
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु लिमिटेड नेपालकै ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा विराटनगर किङ्सको अफिसियल इन्टरनेट एक्सपिरियन्स पार्टनर बनेको छ।
नेपालको एक भरपर्दो इन्टरनेट तथा डिजिटल सेवा प्रदायक कम्पनी सुबिसुले टोलीलाई विश्वसनीय कनेक्टिभिटी र प्रविधिक सहयोग प्रदान गर्दै साथ दिनेछ।
यस साझेदारी मार्फत बिराटनगर किंग्सले सम्पूर्ण प्रतियोगिता भरि समर्थकहरूको डिजिटल अनुभवलाई अझ राम्रो बनाउने लक्ष्य राखेको बताइएको छ। सुबिसुको उपस्थितिले अनलाइन अपडेट, डिजिटल स्टोरीटेलिङ, म्याच कभरेज र विभिन्न प्लेटफर्ममा हुने फ्यान इन्टर्याक्सनलाई छिटो, सहज र निरन्तर बनाउनेछ।
यो साझेदारीले आधुनिक खेलकुदमा डिजिटल कनेक्सनको बढ्दो भूमिकालाई प्रकाश पार्छ। सुबिसुको सहयोग मार्फत् बिराटनगर किंग्सले अब घरबाट हेर्ने हुन् वा सामाजिक सञ्जाल र लाइभ डिजिटल कन्टेन्टबाट जोडिने हुन्, आफ्ना सबैखाले समर्थकका लागि अझ इन्टरएक्टिभ, जानकारीमुलक र रमाइलो अनुभव तयार गर्नेछ।
विराटनगर किंग्स सुबिसुसँग सहकार्य गर्न पाउँदा गौरवान्वित छ, र दुबै पक्ष यस साझेदारी सफल हुनेमा आशावादी छन्। दुबै पक्ष प्रशंसकहरूलाई टोलीसँग अझ नजिक ल्याउने एवम् अझै कनेक्टेड र यादगार एनपीएल सिजन प्रस्तुत गर्ने संयुक्त लक्ष्यमा अघि बढेका छन्।
विराटनगर किंग्सका बारेमा:
विराटनगर किंग्स नेपाल प्रिमियर लिगमा कोशी प्रदेशलाई प्रतिनिधित्व गर्ने एक क्रिकेट फ्रेन्चाइज हो। स्थानीय प्रतिभा उजागर गर्ने, खेल–भावनालाई प्रवर्द्धन गर्ने, तथा समुदाय र समर्थकसँग जोडिने उद्देश्यका साथ किंग्सले कोशी प्रदेशको गौरव बढाउने लक्ष्य राखेको छ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

