नेपाल राष्ट्र बैंकको सम्पत्ति २६ खर्ब नाघ्यो, वार्षिक प्रतिवेदनमा २९.२३ प्रतिशत वृद्धि
जानकारी केन्द्र
२०८२, मंसिर, २
काठमाडौं । नेपाल राष्ट्र बैंक (रास्वब) को सम्पत्ति तथा दायित्व २६ खर्ब २३ करोड ९५ लाख ४० हजार रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार, २०८२ असार मसान्तसम्म बैंकको वित्तीय स्थिति २९.२३ प्रतिशतले वृद्धि भएको उल्लेख छ।
केन्द्रीय बैंकका अनुसार विभिन्न कोषहरूमा आवश्यक रकम विनियोजन गरी बाँकी ४२ अर्ब रुपैयाँ सरकारलाई उपलब्ध गराउने निर्णय गरिएको छ।
रिपोर्टका अनुसार विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनः मूल्याङ्कन लाभ–हानि समायोजनअघिको खुद आय ८० अर्ब ४८ करोड २६ लाख ५० हजार रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९.११ प्रतिशतले वृद्धि भएको हो।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार बैंकले वासलात, आय–व्यय लगायतका विवरणसमेत समेटिएको वार्षिक प्रतिवेदन आर्थिक वर्ष सकिएको चार महिनाभित्र सरकारसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ।
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


