नेपाल टेलिकमको खुद नाफा घट्यो, पहिलो त्रैमासमा १ अर्ब ३२ करोड कमाइ
काठमाडौं । नेपाल टेलिकम लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा २३.८२ प्रतिशत घटेर १ अर्ब ३२ करोड रुपैयाँमा झरेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीका अनुसार आम्दानी घट्नु नै नाफा घट्ने मुख्य कारण हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ०.०१ प्रतिशत र वित्तीय आम्दानी ४८.९९ प्रतिशत घटेको छ। कुल आम्दानी ५.८९ प्रतिशतले घटेको जानकारी दिइएको छ।
नाफासँगै कम्पनीको प्रति शेयर आम्दानी पनि घटेर २९ रुपैयाँ ४५ पैसा पुगेको छ। असोज मसान्तसम्म कम्पनीको प्रति शेयर नेटवर्थ ५०५ रुपैयाँ ७५ पैसा रहेको छ भने मूल्य-आम्दानी अनुपात २८.७२ गुणा कायम छ। कम्पनीको चुक्ता पूँजी १८ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७३ अर्ब ३ करोड ५७ लाख रुपैयाँ सञ्चित छ।
सम्बन्धित समाचार
‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु,हेर्नुहोस् फोटो फिचरमा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
१८औं नाडा अटो शो भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुदैँ : जी १ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट प्रमुख आकर्षण
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
बालबालिकाको गोपनियता संकलन गरेको आरोपमा टिकटकलाई ४० करोड डलर जरिवाना
चीनको दाबी: जापानले ५,५०० आणविक बम बनाउन पुग्ने प्लुटोनियम भण्डार गरेको छ ।
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

