साहस ऊर्जा र सोल्टी होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । साहस ऊर्जा लिमिटेड र सोल्टी होटल लिमिटेडले लाभांश वितरण तथा वार्षिक साधारणसभा प्रयोजनार्थ भोलि मंसिर ५ गते बुक क्लोज गर्ने भएकाले यी कम्पनीहरूको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।
सोल्टी होटलले आफ्ना शेयरधनीहरूलाई चुक्ता पूँजीको १६.५७ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश ९कर समेत० गरी कुल ३१.५७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ।
यो प्रस्ताव पारित गर्नका लागि यही मंसिर २८ गते काठमाडौंको सुन्धारा, टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लब सभामण्डप हलमा बिहान १० बजेदेखि एकाउन्नौं वार्षिक साधारणसभा बस्दैछ।
त्यसैगरी साहस ऊर्जाले आफ्ना शेयरधनीहरूलाई चुक्ता पूँजीको २१ प्रतिशत बोनस शेयर र १.१० प्रतिशत नगद लाभांश ९कर तिर्न० गरी कुल २२.१० प्रतिशत लाभांश वितरणको निर्णय गरेको छ।
यो निर्णय पारित गर्नका लागि यही मंसिर २४ गते बुधबार काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहानको ११ बजेदेखि बाह्रौं वार्षिक साधारणसभा बोलाएको छ।
सम्बन्धित समाचार
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुँदै ।
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

