बोएट पार्टीपाल ३०० र पार्टीपाल २२० नेपालमा लन्च : ठूला स्पीकर, ठूलो मूल्य
काठमाडौं । नेपालको स्पीकर बजारमा धेरै विकल्प भए पनि धेरैजसो महँगो देखिन्छन्। यसैबीच बोएटले पार्टीपाल ३०० र पार्टीपाल २२० नेपालमा लन्च गरेर उपभोक्तालाई आधुनिक सुविधाहरू र उचित मूल्यको नयाँ विकल्प दिएको बताइएको छ।
पार्टीपाल सेरेसको प्रमुख मोडेल पार्टीपाल ३०० रहेको जनाइएको छ। यसमा १२०डब्लु आरएमएस बोएट सिगंनेचर साउन्ड दिइएको । जसले ठूलो कोठा वा घरैभरि साउन्ड फिलगर्न सकिन्छ।
पार्टीपाल ३०० मा डिजाइन र साउन्डको कुरा गर्दा फेलेम स्टाइल एलईडी छन्, जसले स्पीकर लाई आकर्षक बनाउँछ। यसमा दमदार हेभी बास छ, जुन धेरै नेपाली प्रयोगकर्ताहरूले मन पराउँछन्।
त्यस्तै बोएट पार्टीपाल ३०० मा ब्याट्रीको कुरा गर्नुपर्दा बोएट अनुसार ब्याट्री ब्याकअप करिब ६ घण्टा रहेको बताइएको छ। जुन १२० डब्लु स्पीकरको हिसाबले उपयुक्त मानिन्छ।
बोएट पार्टीपाल ३०० मा ब्लुटुथ भी ५.३ एयुएक्स,युएसबि,टिएफ कार्ड,टिडब्लुएस सपोर्ट, माइक इन्पुट (कराओकेका लागि),गिटार इन्पुट जस्ता विशेषताहरू पाउन सकिन्छ ।

त्यस्तै पार्टीपाल २२०, बोएट पार्टीपाल ३०० भन्दा कम्प्याक्ट र बजेट-फ्रेन्ड्ली मोडेल रहेको जनाइएको छ, तर स्पीकरमा कुनै कमी नभएको बताइएको छ ।
पार्टीपाल २२० मा डिजाइन र साउन्डको कुरा गर्दा यसमा ८० डब्लु आरएमएस आउटपुट रहनुका साथै साना भेटघाट वा कोठा प्रयोगका लागि पर्याप्त छ। आरजिबी लाइटिङ न्यानो प्रभाव भए पनि पार्टीको माहोल बनाउन सक्षम रहेको जनाइएको छ।
त्यस्तै बोएट पार्टीपाल २२० मा ब्याट्री ब्याकअप ६ घण्टासम्म दिइएको छ, जुन क्यासुवल युजका लागि पर्याप्त रहेको बताइएको छ। पार्टीपाल २२० मा ब्लुटुथ भी ५.३,एयुएक्स,युएसबि,टिएफ कार्ड टिडब्लुएस पियरिङ सपोर्ट जस्ता फिचर्स पाउन सकिन्छ ।

पार्टीपाल ३०० ठूलो पार्टी ,कराओके र गिटार वा माइक इन्पुट चाहिने युजरका लागि उपयुक्त्त रहेको जनाइएको छ भने त्यस्तै बोएट पार्टीपाल २२० विद्यार्थीहरू, साना कोठा वा भेटघाट र बजेटमै राम्रो स्पीकर खोज्ने उपभोक्ता लागि उपयुक्त्त रहेको बताइएको छ ।
पार्टीपाल सिरिजले नेपाली बजारमा बजेटमै उत्कृष्ट पार्टी स्पीकरको स्तर बढाएको बताइएको छ। उच्च वाटेज, आधुनिक फीचर, टिडब्लुएस सपोर्ट र आकर्षक डिजाइनले बोएट लाई प्रतिस्पर्धी बजारमा बलियो बनाउँछ।
नेपालमा बोएट पार्टीपाल ३०० को मुल्य ३१ हजार ९ सय ९९ रहेको छ भने अफर मुल्य २८ हजार ४ सय ९९ रहेको बताइएको छ । त्यसतै बोएट पार्टीपाल २२० को मुल्य २६ हजार ९ सय ९९ रहेको छ भने अफर मुल्य २३ हजार ४ सय ९९ रहेको छ ।
बोएट पार्टीपाल ३०० र २२० दुबै नेपाली उपभोक्ताका लागि बजेटमै उत्कृष्ट मूल्य दिने स्पीकर मोडेल हुन्। पार्टीपाल ३०० शक्तिशाली र बहुप्रयोग क्षमताले प्रभावित बनाउँछ भने पार्टीपाल २२० बजेटमा पावर र फीचर दुवैको सन्तुलन दिन्छ। यी दुबै मोडेलले नेपाली पार्टी स्पीकर बजारमा नयाँ ट्रेन्ड सेट गर्न सक्ने क्षमता राख्छन्।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

