सरल नेपालको आयोजनामा राष्ट्रिय स्तरको ‘ अनलाइन सार्वजनिक वक्तृत्वकला ’ हुँदै
काठमाडौं । ‘ युवा बोले राष्ट्र बोल्छ ’ भन्ने दृष्टिकोण तथा ‘ स्पष्ट, आत्मविश्वासी र जिम्मेवार युवा पुस्ता उत्पन्न गर्ने राष्ट्रिय अभियान ’ भन्ने उद्देश्यले राष्ट्रिय स्तरको ‘ अनलाइन सार्वजनिक वक्तृत्वकला ’ नवलपुरमा सम्पन्न हुने भएको छ । नेपालको वर्तमान सामाजिक, शैक्षिक तथा डिजिटल परिवेशमा युवा पुस्ताको भूमिका अत्यन्त महत्वपूर्ण बन्दै गएको र यसै आवश्यकता र समयसापेक्ष मागलाई मध्यनजर गर्दै सरल नेपालको आयोजना तथा लायन्स क्लब ३२५ आर क्लस्टर ३ को प्रस्तुतिमा राष्ट्रिय स्तरको ‘ अनलाइन सार्वजनिक वक्तृत्वकला ’ घोषणा गरिएको छ, जसले देशका सम्पूर्ण युवाहरूलाई एकीकृत डिजिटल मञ्च प्रदान गर्ने उद्देश्य राखेको छ । कार्यक्रम संयोजक समिर लामिछानेका अनुसार यो कार्यक्रम एकै चरणमा सम्पन्न हुने छ र पूर्ण रूपमा अनलाइन मोडमै सञ्चालन हुने छ । यो कार्यक्रम विशेष रूपमा युवाहरूलाई लक्षित गरेर आयोजना गर्न लागिएको हो । ‘युवा पुस्तामा विशाल सम्भावना छ, तर अभिव्यक्ति कमजोर हुँदा उनीहरूको क्षमता दबिन्छ । यो कार्यक्रमले उनीहरूको आवाज, प्रभाव र आत्मविश्वासको ढोका खोल्ने छ’, लामिछानेले भने । सहभागीहरूले एकै पटक आफ्नो प्रस्तुतीकरण अनलाइन मार्फत गर्ने छन् । यहीँ एक प्रस्तुतीकरणका आधारमा परिणाम तय गरिने छ । उक्त कार्यक्रममा विषयको स्पष्टता, भाषिक कौशल, प्रस्तुतीकरण शैली, तर्कशक्ति, समय व्यवस्थापन र डिजिटल स्टेज म्यानरको आधारमा निर्णायकद्वारा मूल्यांकन हुने छ ।

उक्त कार्यक्रममा देशका जुनसुकै स्थानबाट सहभागिता हुने छन्, भने समय र लागत दुवैको बचत, समान अवसर, डिजिटल प्रविधिको उपयोग, सहज प्रतिष्पर्धा वातावरणजस्ता फाइदाहरू प्रदान गर्ने छ । ‘ अनलाइन सार्वजनिक वक्तृत्वकला ’ मा सहभागी इच्छुक युवाहरूले अनलाइन फारम, सामाजिक सञ्जाल लिंक तथा माध्यममार्फत साथै फोन ( ९७४५२९०२८३ ) मार्फत दर्ता गर्न सक्नेछन् । उक्त कार्यक्रममा सहभागिताको लागि १५ देखि ४० वर्षसम्मका नेपाली युवा हुनु पर्ने, सार्वजनिक बोलाइमा चासो भएको, मोबाइल वा ल्यापटप, इन्टरनेट सुविधा भएको हुनु पर्ने छ ।‘ अनलाइन सार्वजनिक वक्तृत्वकला ’ को शीर्षक र थप व्यवस्थापकीय विवरण केही दिनमै आयोजकले सार्वजनिक गर्ने तय गरेको छ । उक्त कार्यक्रमले देशभरिका युवाहरूलाई एउटै डिजिटल मञ्चमा ल्याउँदै एक चरणमै आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने छ । देशभरका युवाहरूलाई यस अभियानमा जोडिन आयोजकहरूले आग्रह गरेका छन् । उक्त कार्यक्रममा डिजिटल पार्टनरको रुपमा स्वस्तिक प्रोडक्सन, मिडिया पार्टनरको रूपमा जन अपडेट र सहकार्य साझेदारको रूपमा लियो क्लब अफ चितवन ग्रिन रहेका छन् । यस्तै, कार्यक्रम व्यवस्थापन साझेदारको रूपमा मोक्षालय बहुउद्देशीय, सहयोगी संस्थाहरुको रूपमा युवा पहल: लुम्बिनी प्रदेश, युवा अभियान नेपाल, सामुदायिक विकास फाउण्डेशन नेपाल, मेडिकल पार्टनरको रूपमा जीवन सिटी अस्पताल प्रा.लि. ( कावासोती, नवलपुर ) र अन्तर्राष्ट्रिय शिक्षा साझेदारको रूपमा लेड्रा कलेज रहेका छन् ।
उक्त कार्यक्रमको उद्देश्यहरू ;
स्पष्ट र प्रभावकारी वक्ता उत्पादन
युवाहरूलाई आत्मविश्वासका साथ विषयवस्तु प्रस्तुत गर्ने क्षमता विकास ।
नेतृत्व विकास
सार्वजनिक संवाद, तर्कशक्ति र निर्णय क्षमतालाई नेतृत्व विकासको आधार बनाउने ।
तर्कशक्ति र विश्लेषण क्षमतामा वृद्धि
स्पष्ट सोच, तथ्य विश्लेषण र विषयवस्तुको संगठित संरचना निर्माणमा दक्षता वृद्धि ।
अभिव्यक्ति सहजता र डिजिटल स्टेज म्यानर
अनलाइन माध्यममा कसरी प्रस्तुत हुने, क्यामेरा म्यानर, भाव – भंगिमा, आवाज, आदिमा सुधार ।
सम्बन्धित समाचार
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
१८औं नाडा अटो शो भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुदैँ : जी १ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट प्रमुख आकर्षण
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
बालबालिकाको गोपनियता संकलन गरेको आरोपमा टिकटकलाई ४० करोड डलर जरिवाना
चीनको दाबी: जापानले ५,५०० आणविक बम बनाउन पुग्ने प्लुटोनियम भण्डार गरेको छ ।
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

