सालपा विकास बैंकले मंसिर २५ गतेदेखि आईपीओ खुला गर्ने
काठमाडौं । सालपा विकास बैंक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै आगामी मंसिर २५ गतेदेखि प्रथम चरणको आईपीओ निष्कासन गर्ने भएको छ। बैंकले प्रतिकित्ता १०० रुपैयाँ दरका १७ लाख २३ हजार ८८० कित्ता साधारण सेयर निष्कासन गर्न मंसिर ८ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।
प्रथम चरणमा १ लाख ७२ हजार ३८८ कित्ता सेयर वैदेशिक रोजगारीमा रही नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरेका नेपालीहरूका लागि छुट्याइएको छ। इच्छुक आवेदकले मंसिर २५ देखि २९ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन गर्दा न्यूनतम १० कित्ता र अधिकतम २५ हजार कित्तासम्म माग गर्न मिल्नेछ।
यसअघि, बैंकले ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषलाई र २६ हजार ११९ कित्ता कर्मचारीहरूका लागि सुरक्षित राखिसकेको छ। बाँकी १४ लाख ३९ हजार १७९ कित्ता सेयर दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिनेछ।
आईपीओ निष्कासनका लागि प्राप्त रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले बैंकलाई ‘आईआरएन सिंगल बी’ रेटिङ प्रदान गरेको छ, जसले बैंकको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।
विदेशमा रहेका नेपालीहरूले आस्बा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्था, तिनका शाखा, साथै ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत सजिलै आवेदन दिन सक्नेछन्। सो आईपीओको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
सम्बन्धित समाचार
चीनको दाबी: जापानले ५,५०० आणविक बम बनाउन पुग्ने प्लुटोनियम भण्डार गरेको छ ।
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

