Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

यी प्रदेशमा आज हल्का वर्षा र हिमपातको सम्भावना

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, मंसिर, २१
यी प्रदेशमा आज हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

आज राति गण्डकी प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू–भागमा पनि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

Top Changing Nepal

सम्बन्धित समाचार

युट्युब सट्स