Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

सुनको मुल्य घट्यो ,चाँदीको भने बढ्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, मंसिर, २२
सुनको मुल्य घट्यो ,चाँदीको भने बढ्यो

काठमाडौं । आइतबार सुनको मुल्य सामान्य घटेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा २ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार २ लाख ५२ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने बढेको छ । शुक्रबार तुलनामा तोलामा ५० रुपैयाँले चाँदीको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज ३ हजार ६ सय ०५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Top Changing Nepal

युट्युब सट्स