नेपालगञ्ज–दिल्ली सिधा उडान सुरु गर्ने आग्रह, निजी क्षेत्रद्वारा प्रधानमन्त्रीलाई २१ बुँदे ज्ञापन
काठमाडौं । नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान सुरु गर्न निजी क्षेत्रले सरकारले तत्काल पहल गर्नुपर्ने मांग गरेको छ। आइतबार नेपालगञ्जमा आयोजित कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउँदै उद्योग वाणिज्य सङ्घ, नेपालगञ्जका अध्यक्ष टङ्क धामीले विगत एक दशकदेखि यो उडानका लागि पहल भइरहे पनि कार्यान्वयन नहुँदा क्षेत्रको विकास प्रभावित भएको बताए।
धामीका अनुसार सिधा हवाई उडान सुरु भए व्यापार, उद्योग तथा पर्यटन क्षेत्रमा ठूलो सम्भावना खुल्नेछ। उनले उडानका लागि आवश्यक पूर्वाधार नेपालगञ्ज विमानस्थलमा उपलब्ध रहेको भन्दै अब सरकारबाट नीतिगत तथा कार्यान्वयनका कदम मात्र आवश्यक रहेको उल्लेख गरे।
अर्थमन्त्री खनालले वर्तमान सरकार विशेष परिस्थितिमा बनेकाले धेरै कामहरू चाहना भए पनि गर्न नसकिएको बताए। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनपछि मात्र स्थायी सरकार बन्ने उल्लेख गर्दै उनले अहिलेको सरकार तीन महिनाका लागि मात्रै रहेको धारणा राखे।
“हामी राजनीतिक स्थिरता बिगार्ने वा निर्वाचन प्रक्रियामा प्रभाव पार्ने कुनै काम गर्दैनौं,” उनले भने।
नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले भन्सार दर घटाउन आग्रह गर्दै तस्करीका कारण व्यवसायीहरू आहत भएको बताए। अध्यक्ष धामीले पनि रुपैडिहा नाकाबाट ठूलो परिमाणमा भन्सार चुहावट हुने गरेको बताउँदै नियन्त्रणका लागि प्रभावकारी कदम आवश्यक रहेको उल्लेख गरे।
सङ्घले सिधा उडानसहित आर्थिक, भन्सार, व्यापार र पूर्वाधारसम्बन्धी विभिन्न विषय समेटिएको २१ बुँदे ज्ञापनपत्र प्रधानमन्त्रीको नाममा बुझाएको जनाएको छ।
सम्बन्धित समाचार
बालबालिकाको गोपनियता संकलन गरेको आरोपमा टिकटकलाई ४० करोड डलर जरिवाना
चीनको दाबी: जापानले ५,५०० आणविक बम बनाउन पुग्ने प्लुटोनियम भण्डार गरेको छ ।
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

