नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँड
काठमाडौं । नबिल बैंक लिमिटेडले ५ अर्ब रुपैयाँ बराबरको ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ बाँडफाँड गरेको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले ५ करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँड गरेको हो ।
नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि बैंकले पुस १ गते अग्राधिकार शेयरको अन्तिम बाँडफाड गरेको हो । संस्थागत लगानीकर्ताहरूलाई परिपत्र विधि (व्यक्तिगत तवर) बाट प्रस्ताव आह्वान गरी प्राप्त आवेदन बमोजिम अग्राधिकार शेयर बाँडफाँड गरिएको हो ।
नेपाल राष्ट्र बैंक तथा नेपाल धितोपत्र बोर्डले अविमोच्य असञ्चिति अग्राधिकार शेयर सम्बन्धी नीतिगत व्यवस्था गरेपश्चात यस किसिमको अग्राधिकार शेयर जारी गर्ने स्वीकृति नेपाल धितोपत्र बोर्डबाट पहिलो पटक नबिल बैंकले प्राप्त गरेको हो। अविमोच्य असञ्चिति अग्राधिकार शेयर निश्चित भुक्तानी अवधि नतोकिएको तर बैंकले वितरणयोग्य मुनाफा आर्जन गरेको वर्षमा निश्चित लाभाशं पाउने विशेषता भएको पूँजी बजार उपकरण हो ।
यस उपकरण जारी गरेपश्चात अतिरिक्त प्राथमिक पूँजीका माध्यमबाट पूँजीगत आधार बलियो भई बैंकको जोखिम भार क्षमता बढ्ने र व्यवसाय विस्तारमा थप सहयोग पुग्ने विश्वास लिएको छ ।
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
रातभर हराएकी १२ वर्षिया बिन्दी सकुशल भेटिइन,परिवारमा छायो खुसी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

