Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

संघर्षका बावजुद ‘म्याक्स’ बक्सिङ्गको फाइनलमा भिड्दै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, भाद्र, ११
संघर्षका बावजुद ‘म्याक्स’ बक्सिङ्गको फाइनलमा भिड्दै

काठमान्डाैं ,

नेपाल बक्सिङ्ग संघको तत्वावधान एवं ललितपुर बक्सिङ्ग संघको आयोजनामा आयोजित चौथो राष्ट्रव्यापी तथा प्रथम नोभिस बक्सिङ्ग प्रतियोगिता २०७३ को फाइनलमा ८१ केजी ताैल समुहमा ललितपुरका मनोहर बस्नेत  (म्याक्स) र ए.पी.एफ. का गोकुल गुरुङ्ग भिड्ने भएका छन ।

फाइनलको तयारी गरिरहेका मनोहर बस्नेत (म्याक्स) लाइ  जानकारी केन्द्रले संपर्क गरि बक्सिङ्ग खेलकाे अहिलेकाे अवश्था बारे प्रष्ट पारीदिन  अाग्रह गरिएकाे थियो ।  म्याकसले नेपालमा बक्सिङ्ग खेल अोझेलमा परे जस्तो देखिए पनि यो खेलको  विकासको सम्भावना भने प्रयाप्त भएको  बताए  । यसकै लागि संघर्ष गरिरहेको बताउने म्याक्सले थप प्रष्ट पार्दै भने  खेल हार जित हो यसलाइ स्विकार्नु पर्छ तर खेल  जित्नकै लागि भनेर खेलिने हो र मैलेनै जित्छु भन्नेमा म विस्वश्थ छु। हार जित अाफ्नो ठाँउमा भए पनि बक्सिङ्ग खेल भनेको मेरो जिन्दगी हो यसकै विकासमा  लागि रहन्छु  । हिजो पनि बक्सिङ्ग खेलकै लागि सारा कुरा त्याग गरेर संघर्ष गरें र अाज यो ठाँउमा छु भाेलि पनि गर्नु पर्ने छ । समस्याहरू त छन तर सामधान पनी असम्भव छैन समस्याहरू सामधान गर्दै भोलीको दिनमा नेपालको बक्सिङ्ग खेलको अन्तराष्ट्रिय खेलमा महत्वपु्र्ण स्थान अोगट्न सक्ने सम्भावना देखेरनै बक्सिङ्ग खेलको विकासमा लागेका छाैं ।

देश भरीका जिल्ला र क्लब गरी ५१ वटा टीमहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा खेलाडी, अफिसियल, कोचहरु गरी जम्मा ५०० जनाको सहभागिता रहेको थियो ।

naima expoTop Changing Nepal

युट्युब सट्स