रिहा भएपछि चितवनमा रवि लामिछानेको विशेष सम्बोधन, ‘मिल्नुपर्नेहरु अन्तिममा मिलेरै छोड्छौं’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएपछि चितवनमा सार्वजनिक कार्यक्रममा सरिक भए । पार्टीले आयोजना गरेको चौविसकोठीको कार्यक्रममा उनले कारको हुटमा उभिएर सम्बोधन गरेका थिए ।
उनले सो क्रममा देशमा परिवर्तन चाहनेहरूलाई एकैठाउँमा ल्याउन आफू जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताए । तर, चुनावको लागि मात्रै हो भने सहकार्य नहुने उनको प्रतिक्रिया छ । उनले चितवनले आफूलाई सधैं न्याय गरेको पनि बताए । उनले परिवर्तनको लागि देशका मिल्नुपर्नेहरु एक ठाउँमा उभिने र मिलेरै छोड्ने पनि घोषणा गरे ।
लामिछानेले अब जेनजी युवा पुस्ताको साथ लिएर देश निर्माण गर्ने बताए । उनले भने,‘हामी चुनाव कुरेर बसेका थियौँ, तर जेन–जीले बीचमै सरकारलाई तागत देखाइदियो, सिंहदरबार पनि बनाउँला, न्यायालय पनि बनाउँला तर वर्षौँदेखि खोसिएको हाम्रो सपना कसले बनाउँछ ? म भन्छु–अब हामी बनाउँछौँ। जेन–जीको साथ बोकेर अब देश बनाउन हामी लाग्छौँ,रास्वपा लाग्छ ।’
सम्बन्धित समाचार
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुँदै ।
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

