हुस्सु र कुहिरोले ढाक्यो रौतहट, चिसोले जनजीवन अस्तव्यस्त
रौतहट । चिसो बढेसँगै रौतहट जिल्लाको जनजीवन कष्टकर बनेको छ । सदरमुकाम गौरसहित गरुडा, दुर्गा भगवती, माधवनारायण, गढिमाइ लगायतका क्षेत्रहरूमा चिसोका कारण दैनिक जीवन प्रभावित भएको छ ।
शनिबार बिहानदेखि नै जिल्लाभर बाक्लो हुस्सु र कुहिरो लागेको छ । तुसारो परेसँगै अत्यधिक चिसो बढ्दा मानिसहरू घरबाहिर निस्कन कठिन भएको छ । चिसोका कारण बजार क्षेत्र सुनसान देखिएका छन् भने सडकमा सवारी साधनको आवागमन पनि न्यून भएको छ ।
हुस्सु र कुहिरोले बिहानैदेखि चिसो बढेपछि सर्वसाधारण घरभित्रै सीमित हुन बाध्य भएका छन् । विशेष गरी दैनिक ज्यालादारी गर्ने मजदुरहरू काममा जान नसक्दा बढी मारमा परेका छन् ।
चिसोको प्रभावले सरकारी कार्यालयहरूमा समेत सेवाग्राहीको चहलपहल घटेको छ । केही कार्यालयहरूमा दिनभर सेवाग्राही नआएको अवस्था देखिएको छ।
चिसोका कारण विद्यार्थी, मजदुर, गरिब तथा असहाय वर्ग र ज्येष्ठ नागरिकहरू सबैभन्दा बढी प्रभावित भएका छन् । शुक्रबारदेखि रौतहट आसपासका क्षेत्रमा घाम नलाग्दा चिसो अझै बढ्ने अनुमान गरिएको छ ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

