बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान
जानकारी केन्द्र
२०८२, पुष, ६
काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीमा तैरिने फोहोर संकलन गर्न ट्रास बेरियर जडान थालेको छ। हाल गुह्वेश्वरीमा जडान सम्पन्न भइसकेको छ।
बागमती नदीका गोकर्ण ब्यारेज, गुह्वेश्वरी, तिलगंगा आँखा अस्पताल, बागमती–मनोहरा दोभान, यूएन पार्क तथा मनोहरा नदीको कर्मनाशा दोभानमा गरी ६ स्थानमा ट्रास बेरियर राखिनेछ। यसका लागि ६५ लाख रुपैयाँको ठेक्का सम्झौता भई काम तीव्र गतिमा भइरहेको छ।
ट्रास बेरियरले प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रा लगायत तैरिने फोहोर रोक्दै नदीको बहाव अवरुद्ध नगरी एकै स्थानमा संकलन गर्नेछ। संकलित फोहोरको नियमित व्यवस्थापनबाट नदी प्रदूषण न्यूनीकरण, सौन्दर्य अभिवृद्धि, जलजीव संरक्षण र सार्वजनिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


