अब नेपालीले विदेशमा २० हजार डलरसम्म लगानी गर्न पाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ मा संशोधन गर्दै नेपाली व्यक्ति, फर्म तथा कम्पनीलाई विदेशमा अमेरिकी डलर २० हजारसम्म लगानी गर्न अनुमति दिएको छ ।
केन्द्रीय बैंकले मंगलबार संशोधित विनियमावली लागू गर्न सूचना जारी गरेसँगै यो व्यवस्था कार्यान्वयनमा आएको हो । नयाँ व्यवस्था अनुसार २० हजार डलरसम्मको लगानीका लागि यसअघिका कडा प्रक्रियागत व्यवस्थाले बाधा नपुर्याउने उल्लेख गरिएको छ ।
यस संशोधनले विदेशी लगानी भित्र्याउने प्रक्रिया पनि सरल बनाएको छ । अब विदेशी लगानीअघि गरिने सम्भाव्यता अध्ययन तथा पूर्व सञ्चालन खर्च (चुक्ता पुँजीको ३ प्रतिशतसम्म) का लागि राष्ट्र बैंकको पूर्वस्वीकृति आवश्यक पर्ने छैन ।
यस्तै, सूचना प्रविधि (आईटी) क्षेत्रका उद्योगहरूले आफ्नो निर्यात आम्दानीको आधारमा १० लाख डलरसम्म विदेशमा लगानी गर्न सटही सुविधा पाउने विशेष व्यवस्था समेत गरिएको छ ।
राष्ट्र बैंकका अनुसार विदेशी मुद्रा भित्र्याउने र बाहिर लैजाने प्रक्रियामा रहेका कानुनी जटिलता हटाई आर्थिक गतिविधि सहज बनाउने उद्देश्यले यो व्यवस्था गरिएको हो । यससँगै साना तथा मध्यम स्तरका नेपाली लगानीकर्ताहरूलाई विदेशमा व्यवसाय तथा लगानी विस्तार गर्ने अवसर खुलेको छ ।
सम्बन्धित समाचार
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुँदै ।
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

