२०८२ साल माघ ०३ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
मेष राशि-
मित्रता, प्रेम र दाम्पत्य सम्बन्ध सुमधूर रहुने समय छ । कठिन काम पनि साथीको सहयोगले बन्ने देखिन्छ । कृषिजन्य व्यापारिक कार्यमा सफलता मिल्नेछ, आँटेको काम पूर्ण हुनेछ । शत्रु परास्त हुनेछन् । आँटेको काम बन्नेछ साथै मनोरन्जनका साथ दिन बित्नेछ । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ । पढाइ लेखाइमा प्रगति हुनेछ ।
बृष राशि-
सुरुमा कामका कुराले मनमा द्विविधा बढ्न सक्छ तरपनि पछि काम बन्छ आम्दानीका स्रोतहरू बड्नाले मन प्रसन्न रहला । प्रेमसम्बन्धमा विश्वासको मात्रा बडेनेछ । दाजुभाइको सहयोग पनि प्राप्त हुनेछ । शिक्षा र बौद्धिक क्षेत्रमा प्रगति हुनेछ । व्यापार-व्यवसायमा पनि फाइदा होला। मेहनतले नयाँ काम र जिम्मेवारी दिलाउनेछ। परोपकारमा मन जाला ।
मिथुन राशि-
कृषि र व्यवसायमा उन्नति हुनुका साथै अन्य काममा पनि मनग्ये धन कमाउने अवसर जुट्नेछ । शारीरिक दुर्बलता बढ्नेछ । आफन्तजनबाट सहयोग प्राप्त हुनेछ । प्रशस्त धन लाभ हुनेछ । अप्ठ्यारा चुनौतीहरूलाई पनि सजिलै पन्छाउन सकिनेछ । बोलीको प्रभाव बढ्नुका साथै मान सम्मान समेत पाइनेछ । आर्थिक समुन्नतिको योग छ ।
कर्कट राशि-
सभासम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । स्वास्थ्यमा खर्च बढ्नेछ । वादविवाद होला होसियार रहनु होला । स्वास्थ्यमा बाधा उत्पन्न होला, नयाँ कार्यको थालनी गर्ने अवसर मिल्न सक्नेछ । । लगनशीलताले जीवनशैलीमा परिवर्तन आउन सक्छ । आम्दानी पनि रामै हुनेछ । खर्च बढ्ने, झमेलामा परिने र छिमेकीसँग विवाद बढ्ने सम्भावना छ, सजक रहनुहोला ।
सिंह राशि-
नयाँ नोकरी पाउने वा पुरानो काममा पदोन्नतिको सम्भावना छ तर आत्मीयजनसँग बिछोड होला । पारिवारिक सद्भावले कार्यमा सफलता मिल्नेछ । विदेशमा गरेको लगानीबाट लाभ मिल्नेछ । जागिरमा पदोन्नतिको योग छ । अध्ययनअध्यापन फलदायी रहनेछ । धार्मिक सामाजिक कामको दायित्व थपिन सक्छ ।
कन्या राशि-
आफन्तको भेटले हर्ष बढ्नेछ । सन्तानको सहयोग मिल्नेछ । यात्रामा मन रमाउनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ, घरघडेरीको व्यापार-व्यवसायमा लाभ मिल्ला । बोलीकै प्रभावले महत्वपूर्ण काम सम्पादन हुने समय छ, धन लाभ होला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ ।
तुला राशि-
रोकिएका काम बन्नेछन, व्यापार-व्यवसायमा उन्नति हुनेछ । काममा जसपाउने सम्भावनाछ । स्वास्थ्यमा सामान्य सुधार आउनेछ । लेखनकार्यमा मन लाग्नेछ । आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् र थप हौसला मिल्नेछ । पढाइ लेखाइमा रुची बढ्नेछ, आफ्ना सहयोगी र सेवक वर्गबाट सहायता मिल्नेछ ।
वृश्चिक राशि-
विश्वासपात्रबाट धोका पाइएला। मानसिक चञ्चलता र उत्साह बढ्नेछ तर अप्रिय समाचारले दुःखी बनाउला । आफन्तको भरणपोषणका निम्ति खर्चवृद्धि हुनेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । खर्च बढ्ने र अर्थ अभावले काम रोकिने सम्भावना छ, प्रतिनिधिमूलक यात्रा गर्ने मौका आउला । पारिवारिक समस्या ले पिरोलेता पनि बिस्तारै समाधान तिर उन्मुख हुनेछ ।
धनु राशि-
काममा कठिनाई देखिए पनि अन्ततः खशी मिल्नेछ । घर-जग्गा वा अन्य कुनै स्थिर सम्पत्ति जोड्ने पनि समय छ । धार्मिक कार्यमा संलग्न भइएला । अनुसन्धानात्मक काममा मन जानेछ सफलता पनि मिल्नेछ । दीर्घकालीन नबनेका काम बन्नेछ, आयआर्जन र विद्यामा बुद्धि हुनेछ । सहासिक र कठिन काममा सक्रियता बढ्नेछ, पुराना साथिसंगी संग भेटघाट गर्ने अबसर जुट्ला ।
मकर राशि-
प्रयत्न गर्दा विशेष लाभ पाउनुका साथै अध्ययनका लागि अनुकुल समय छ । ब्यपार पनि फस्टाउनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । अध्ययन अध्यापनको पक्षमा पनि राम्रा पैगति हुने देखिन्छ । मानसमान पदप्रतिष्ठा मिल्नेछ । व्यापार व्यवसाय कार्य सहज रहनेछ । विभिन्न भौतिक साधन जुटुनुका साथै व्यावसायमा राम्रो फाइदा उठाउन सकिनेछ ।
कुम्भ राशि-
दैनिक कार्यमा ढिलासुस्ती वा अल्झन बेहोर्नुपर्ला । धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्ला । व्यापार-व्यवसाय सामान्य रहनेछ । धार्मिक यात्राको योग छ । प्रियजनसँग भेटघाट र प्रसन्नताको समय छ । कामबाट विश्राम लिने मौका छ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ ।
मीन राशि-
समाजमा कुरा काट्नेहरू बढ्नेछन् । दैनिक कार्यमा केही समस्याहरू देखिएलान् । सावधान रहनु होला । खर्चिलो यात्रा गर्नुपर्ने देखिन्छ । साथीभाइको सहयोग सामान्य रहनेछ । सानो कामका लागि निकै दौडधुप गर्नुपर्ला । तापनि, लगानीको उचित प्रतिफल मिल्नेछ । सुखसुविधा र विलासिताका साथमा समय बित्नेछ । सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ ।
-ज्यो.पं. तुलसी भारद्वाज
सम्बन्धित समाचार
२०८३ भदौ १ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन ३१ गते आइतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन ३० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो

