काठमाडौंका विभिन्न स्थानमा आज ३ घण्टा विद्युत् अबरुद्ध हुने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ। प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्र मातहतका क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म बिजुली आपूर्ति बन्द रहनेछ।
काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत राष्ट्रपति भवन शितल निवासको वितरण प्रणाली भूमिगत गर्ने कार्य भइरहेको र भूमिगत केबलमा प्राविधिक उपकरण जडान गर्नुपर्ने भएकाले बिजुली कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ।
पानीपोखरी फिडर अन्तर्गत साङ्ग्रिला होटल अगाडि, लाजिम्पाट, पानीपोखरीका विभिन्न क्षेत्र, महाराजगञ्ज तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्रमा सो अवधिमा बिजुली कटौती हुनेछ।
यस्तै, राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाल प्रहरी अस्पताल, बालुवाटार, चुनदेवी र पञ्चकन्या आसपासका क्षेत्रमा पनि बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म बिजुली नआउने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले बिजुली कटौतीबाट पर्न सक्ने असुविधाप्रति क्षमा माग्दै तोकिएको कार्य समयअगावै सम्पन्न भएमा निर्धारित समयभन्दा पहिले नै बिजुली आपूर्ति हुन सक्ने स्पष्ट पारेको छ।
सम्बन्धित समाचार
कस्तो रहला आजको मौसम ?
प्रोटोन इ.मास ५ : नाइमा नेपाल मोबिलिटि एक्सपोको विशेष आकर्षणको हब
हायर पर्चेज कर्जाको ब्याजदरमा राष्ट्र बैंकको कडाइ
चेरी वान्डाका ईभी भ्यान, बिना धितो हायर पर्चेज सुविधासहित नाइमा एक्स्पोमा
“एट्टो सिरिज” को न्यु जेनेरेसन नेपालमा, बीवाईडीले नाइमा एक्सपोमा सार्वजनिक गर्यो अपडेट मोडल
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक
सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



