हिमालयन बुलियनले १२ करोड ५० लाख रुपैयाँको आईपीओ जारी गर्ने
काठमाडौं । हिमालयन बुलियन कम्पनीले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । चाँदीको कारोबार गर्दै आएको कम्पनीले आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाएको हो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले आईपीओ निष्काशनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ज्योति क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतामा हिमालयन बुलियन कम्पनीका अध्यक्ष भीष्म प्रसाद गौतम र ज्योति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास ढकालले हस्ताक्षर गरेका छन् ।
कम्पनीले निष्कासन गर्न लागेको सेयर सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपालीहरू समेत), सामूहिक लगानी कोष तथा कर्मचारीहरूका लागि निष्काशन हुने कम्पनीले जनाएको छ ।
सम्झौतासँगै ज्योति क्यापिटलले कम्पनीको आईपीओ निष्काशन सम्बन्धी सम्पूर्ण व्यवस्थापन, नियमक निकायहरूसँगको समन्वय, पत्राचार र अन्य प्राविधिक कार्यहरू सम्हाल्नेछ ।
कम्पनी ऐन, २०६३ र धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम प्रक्रिया पूरा गरी कम्पनीले निकट भविष्यमा नै आईपीओ निष्कासन गर्ने जनाएको छ । हिमालयन बुलियनको रजिष्टर्ड कार्यालय काठमाडौँ महानगरपालिका वडा नं. १ मा रहेको छ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


