Jankari Kendra
२६ श्रावण २०८३, मंगलवार
Worldlink

यस्तो छ आजको मौसम पुर्वानुमान

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, माघ, ७
यस्तो छ आजको मौसम पुर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जनाएको छ। यसका कारण देशका विभिन्न भू–भागमा मौसमको अवस्था फरक–फरक देखिएको विभागले जनाएको हो।

विभागका अनुसार हाल तराई भू–भागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ भने गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ। बाँकी अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु–कुहिरो लाग्ने सम्भावना रहेको छ। साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

त्यसैगरी आज राति पनि तराई भू–भागका केही स्थानहरूमा हुस्सु लाग्ने अनुमान गरिएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम सफा नै रहने पूर्वानुमान छ।

विभागले हुस्सु तथा कुहिरोका कारण तराई क्षेत्रमा बिहान र बेलुकी समयमा यातायात तथा हवाई उडान प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

Top Changing Nepal

युट्युब सट्स