सीजी मोटर्सद्वारा “मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल” शुभारम्भ : एकै स्थानमा सात विश्वप्रसिद्ध ईभी ब्रान्ड
काठमाडौं । सीजी मोटर्सले नेपालमै पहिलोपटक सात अन्तर्राष्ट्रिय विद्युतीय सवारी ब्रान्डहरूलाई एउटै स्थानमा समेटिएको “मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल” को औपचारिक शुभारम्भ गरेको छ। कार्निभल माघ १५ गतेदेखि १८ गतेसम्म काठमाडौं गैरीधाराको एलिस रिसेप्सनमा सञ्चालन हुनेछ ।
कम्पनीका अनुसार, नेपालमा दिगो तथा वातावरणमैत्री यातायातको प्रवर्द्धनमा अग्रणी भूमिका खेल्दै आएको सीजी मोटर्सले आयोजना गरेको यो चार दिने मेगा कार्यक्रम ग्राहकहरूलाई वर्षकै सबैभन्दा ठूलो विद्युतीय सवारी खरिद अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो। यस कार्निभलमा अधिकतम रु. १० लाखसम्म नगद छुट, आकर्षक एक्सचेन्ज अफर तथा परिवारमैत्री अनुभवहरू समावेश गरिएका छन्। नेपालमा पहिलो पटक ७ फरक ब्रान्डहरू सहभागी भएको मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल आयोजना हुनु विशेष आकर्षणको विषय बनेको बताइएको छ।

यस कार्निभलमा विश्वप्रसिद्ध ब्रान्डहरू स्मार्ट, एक्सपेङ, आयोन, रिडारा, किङलङ, डायुन, तथा नेटाका अत्याधुनिक विद्युतीय सवारीहरू एकै छानामुनि अवलोकन, एक्सचेन्ज तथा टेस्ट ड्राइभ गर्न सकिने व्यवस्था गरिएको छ। कार्यक्रम दैनिक बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।
साथै, पहिलो पटक सीजी मोटर्सले आफ्नो प्रिमियम ब्रान्ड स्मार्टलाई पनि विशेष रूपमा प्रदर्शनीमा राखेको छ, जसको एक्सक्लुसिभ टेस्ट ड्राइभ सुविधा उपलब्ध हुनेछ। स्मार्ट ब्रान्ड जिली र मर्सिडिज-बेन्ज बीचको रणनीतिक सहकार्यबाट विकास गरिएको विश्वप्रसिद्ध इलेक्ट्रिक मोबिलिटी ब्रान्ड हो, जसले अत्याधुनिक प्रविधि, लक्जरी डिजाइन र उत्कृष्ट प्रदर्शन प्रदान गर्दछ।

ग्राहकहरूलाई ईभी स्वामित्व अझ सहज र किफायती बनाउन सीजी मोटर्सले अधिकतम रु. १० लाखसम्म नगद छुट, आधिकारिक एक्सचेन्ज हाउसबाट पुराना सवारीमा उत्कृष्ट मूल्याङ्कन, आकर्षक एक्सचेन्ज बोनस, विभिन्न बैंकमार्फत स्थलमै फाइनान्स तथा ऋण स्वीकृति सुविधा, एक वर्षको अटोप्लस बीमा सुविधा, चालु आर्थिक वर्षको वार्षिक सडक कर निःशुल्क, निःशुल्क ईभी चार्जर लगायत विशेष लाभहरू प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।
सवारी बिक्रीसँगै कार्निभललाई मनोरञ्जनात्मक र परिवारमैत्री बनाउन विभिन्न कार्यक्रमहरू पनि समावेश गरिएका छन्। सहभागीहरूले लक्की ड्र, प्रत्येक टेस्ट ड्राइभमा आकर्षक उपहार, बालबालिकाका लागि गेम जोन तथा स्वादिष्ट फुड अनुभवहरूको मजा लिन सक्नेछन्। यसले कार्निभललाई केवल बिक्री कार्यक्रम मात्र नभई पूर्ण जीवनशैली तथा सामुदायिक उत्सवको रूपमा स्थापित गरेको कम्पनीले बताएको छ।

नेपाल दिगो र वातावरणमैत्री यातायाततर्फ तीव्र रूपमा अघि बढिरहेको सन्दर्भमा, सीजी मोटर्सले विश्वस्तरीय विद्युतीय सवारी, उत्कृष्ट बिक्रीपछिको सेवा तथा ग्राहक केन्द्रित समाधानमार्फत बजार नेतृत्व गर्दै आइरहेको कम्पनीको दाबी छ।
सम्बन्धित समाचार
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने
क्लासिक टेकमा १०० भन्दा बढी रोजगारीको अवसर
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक


