यामाहा नेपालको ‘माइलेज लिग’ को आधा चरण पूरा : देखियो उत्कृष्ट माइलेज क्षमता
काठमाडौं । एमएडब्लू राइड्स प्रालिअन्तर्गत सञ्चालनमा रहेको यामाहा नेपालले यामाहा रेजेडआर हाइब्रिड माइलेज च्यालेन्जको आधा चरण सम्पन्न गरेको छ ।
केही महिना अघिदेखि संचालित प्रतिस्पर्धात्मक माइलेज च्यालेन्जले नेपालकै सबैभन्दा दक्ष राइडरको खोजलाई तीव्र बनाउँदै लगेको जनाइएको छ । यस प्रतिस्पर्धाको भव्य ग्रान्ड फिनाले आगामी असार २०८३ मा हुने कम्पनीले बताएको छ ।
यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले ७१.३३ किमी प्रति लिटर माइलेज दिने एआरएआईले दाबी गरेपनि, माइलेज लिगले वास्तविक सडकमा यसको प्रदर्शन अझै उत्कृष्ट हुन सक्ने प्रमाणित गरेको जनाइएको छ ।
कम्पनीका अनुसार, अहिलेसम्म एक सहभागीले ८७.२० किमी प्रति लिटरको उत्कृष्ट माइलेज हासिल गरेका छन्, भने अन्य सहभागीहरू पनि विजेता माइलेजको निकै नजिक पुगेका छन् । यसले वास्तविक राइडिङ अवस्थामै पनि कम्पनीले दाबी गरेको आँकडालाई आधिकारिक रूपमै पार गरेको देखाएको छ ।

यो उपलब्धि केवल कन्ट्रोल गरिएको ट्र्याकमा मात्र सीमित नभएर यामाहा रेजेडआर हाइब्रिडलाई नेपालको विविधतायुक्त भौगोलिक अवस्थाहरूमा कडा परीक्षण गरिएको छ । तराईका समथर सडकदेखि पहाडी उकालो मोडहरूसम्म, हाइवेको पिचदेखि अप्ठ्यारो अफ–रोड ट्रेलसम्म, हरेक अवस्थामा यसको माइलेज उत्कृष्ट रहेको बताइएको छ ।
विगतका वर्षहरूमा नेपालका ७० भन्दा बढी स्थानमा माइलेज च्यालेन्ज सञ्चालन गरिसकेको अनुभवका साथ यामाहाले इन्धन दक्षतालाई दर्शकहरूले प्रत्यक्ष हेर्न सक्ने प्रतिस्पर्धामा रूपान्तरण गरेको छ, जहाँ ग्राहकहरूले केवल माइलेजको दाबी सुन्ने मात्र होइन, नतिजा आफ्नै आँखाले हेर्न पाएका छन् ।
सातै प्रदेशलाई समेट्ने गरी सञ्चालन भइरहेको यो लिगले नेपालका प्रमुख शहरहरूमा सफलता हासिल गरिसकेको छ, र अन्तिम चरणका च्यालेन्ज लागि अझै केही शहरहरू बाँकी रहेका छन् ।
यामाहा नेपालका सीईओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले भने, “माइलेज लिग केवल प्रतियोगिता मात्र होइन, नेपाली राइडरहरूप्रतिको हाम्रो प्रतिबद्धताको उत्सव पनि हो। हामी ल्याबका नतिजाहरूलाई नेपालका वास्तविक सडकमा प्रमाणित गर्दैछौं। हाम्रो चाहना भनेको हरेक रेजेडआर हाइब्रिड राइडरले देशकै सबैभन्दा दक्ष स्कुटर चलाएको गर्व महसुस गर्न सकून् भन्ने हो।”

यस लिगको आकर्षणको रूपमा रहेको यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड नेपालकै सबैभन्दा धेरै माइलेज दिने धेरै बिक्री हुने स्कुटर हो र यो आफ्नो सेग्मेन्टमा एकमात्र हाइब्रिड स्कुटर पनि हो। यसमा अत्याधुनिक स्मार्ट मोटर जेनेरेटर (एसएमजी) र अटोमेटिक स्टप एण्ड स्टार्ट प्रणाली प्रयोग गरिएको छ, जसले परम्परागत स्कुटरहरूले दिन नसक्ने शक्ति र माइलेजको उत्कृष्ट सन्तुलन प्रदान गर्दछ।
‘विनर अफ विनर्स’ टाइटलको फाइनल प्रतिस्पर्धा असार २०८३ मा आयोजना हुनेछ, जहाँ विभिन्न क्षेत्रका विजेताहरू अन्तिम स्किल टेस्टका लागि एक ठाउँमा आउने कम्पनीले जनाएको छ। देशभर थप माइलेज च्यालेन्जहरू हुने भएकाले नयाँ प्रतिस्पर्धीहरूले भाग लिन सक्नेछन् ।
सम्बन्धित समाचार
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
कस्तो रहला आजको मौसम ?
प्रोटोन इ.मास ५ : नाइमा नेपाल मोबिलिटि एक्सपोको विशेष आकर्षणको हब
हायर पर्चेज कर्जाको ब्याजदरमा राष्ट्र बैंकको कडाइ
चेरी वान्डाका ईभी भ्यान, बिना धितो हायर पर्चेज सुविधासहित नाइमा एक्स्पोमा
“एट्टो सिरिज” को न्यु जेनेरेसन नेपालमा, बीवाईडीले नाइमा एक्सपोमा सार्वजनिक गर्यो अपडेट मोडल
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक
सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



