Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

अाफ्नो पेशामा खुशी छन मनोज

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, भाद्र, २५
अाफ्नो पेशामा खुशी छन मनोज

भारतको सिमान्त जिल्ला बाट अाएर ललितपुर, जावलाखेल, एकान्तकुनाको  अल्का अस्पताल अघाडि विगत २५ वर्ष अघाडी देखि ‘मनोज हेयर ड्रसर’ नामक सैलुन संचालन गर्दै अाएका मनोज ठाकुर अाफ्नो पेशामा गर्व गर्छन । दैनिक २० देखि २५ जना सम्म ग्राहकहरू अाउने उनको सैलुन मा २ जना स्टाफ पनि छन । यहि पेशा गरेर उनले ५ जना परिवारको खर्च चलाउदै अाएका छन । उनका एक छोरी र दुइ छोरा छन । छोरी १२ मा पढ्दैछन भने एउटा छोरा ९ र अर्का ११ कक्षामा पढ्दै छन ।

जन्म भुमि इन्डिया भए पनि कर्म भुमि नेपाल बनाउन पाएकोमा गर्व गर्ने मनोज  छोरा छोरीको जन्म नेपालमै भए पनी कानूनी कुराहरू मिलाउन नसक्दा छोरा छोरी पढाउन समस्या हुदै अाएको  बताउछन ।माथि सम्म पंउच हुनेहरूले जे पनि गरे अरे भन्ने सुनियो   तर नेपालमै जन्मिएका मेरा छोरा छोरी नेपालमै पढाउन पनि धेरै समस्या झेल्नु पर्यो । तर नेपालको यति लामो बसाइमा धेरैनैइष्टमित्र ,अाफन्त बनाउन पाएकोमा   उनि खुशी भएको बताउछन  । मनोज  अाफ्नो कमाइमा पनि  सन्तुष्ट छन ।

Top Changing Nepal

युट्युब सट्स