अभिनेताद्वय अनुप विक्रम शाही र प्रदिप खड्काको रोजाइमा दिपल एस०७
काठमाडौं । नेपालका चर्चित कलाकार अनुप विक्रम शाही र प्रदिप खड्काले डिजाइन र प्रविधिका कारण नेपालमा लोकप्रिय बनेको दिपल एस०७ खरिद गरेका छन् । पछिल्ला डेलिभरीहरुले इन्टेलिजेन्ट र स्टाइलिस एसयुभी दिपल एस०७ अझै पनि प्रभावशाली व्यक्तिहरुको रोजाइ परिरहेको तथ्यलाई थप मजबुत बनाएको छ ।
पछिल्लो समयमा रिलिज भएको साइन्सफिक्सन सिनेमा एक्लो लगायत थुप्रै चलचित्रहरुमार्फत दर्शकको मन जित्न सफल अग्रणी अभिनेता तथा स्टाइल आइकन प्रदिप खड्काले एस०७ को फ्युचरिस्टिक डिजाइन र अत्याधुनिक प्रविधिका कारण आफ्नो ग्यारेजमा नयाँ दिपल थपेको बताए । त्यसैगरी, बलिउड स्टार सलमान खानसँग बहुप्रतिक्षित सिनेमा ब्याटल अफ गल्वानमा स्क्रिन सेयर गरेर आफ्नो ख्याती विश्वभर चिनाएका लोकप्रिय अभिनेता अनुप विक्रम शाहीले पनि भर्खरै दिपल एस०७ खरिद गरेका हुन् ।
कम्पनीका अनुसार, अनुप विक्रम शाही र प्रदिप खड्कालाई दिपल परिवारमा स्वागत गर्न पाउँदा एमएडब्लु वृद्धि गौरवान्वित भएको छ । उत्कृष्टताप्रति उहाँहरुको प्रतिबद्धता र उहाँहरुको स्टाइल आइकन पहिचान दिपल एस०७ को इनोभेसन, स्टाइल र फ्युचर रेडी पर्फर्मेन्स जस्ता मूल्यसँग पूर्ण रुपमा मेल खान्छ ।
एक दर्जनभन्दा बढी इन्डस्ट्रि फस्ट फिचर र विशिष्ट डिजाइन फिलोसोफीका लागि परिचित दिपल एस०७ आईसीले नेक्स्ट जेनेरेसन इन्टेलिजेन्ट कनेक्टिभिटीको अनुभव दिन्छ । यसमा रहेका जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, इन्टिग्रेटेड हेडरेस्ट र आउडोर स्पिकर जस्ता फिचरले दिपललाई नेपालकै नं. १ लक्जरी इभी बनाएको बताइएको छ ।
सम्बन्धित समाचार
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

