Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

आजबाट देशव्यापि रुपमा मतदाता सचेतना अभियान सुरु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, ३
आजबाट देशव्यापि रुपमा मतदाता सचेतना अभियान सुरु

काठमाडौँ ।  प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा मतदातालाई सचेत र जानकारीपुर्ण बनाउन देशव्यापी अभियान सुरु गरिएको छ । निर्वाचन आयोग नेपालले मतदाता शिक्षा कार्यक्रम कार्यान्वयनमा ल्याउँदै नागरिकलाई मतदानसम्बन्धी व्यवहारिक ज्ञान दिने उद्देश्य राखेको जनाएको छ ।

फागुन ३ गतेदेखि सुरु भएको यो अभियान फागुन १७ गतेसम्म सञ्चालन हुनेछ । यस अवधिमा मुलुकभर ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा कार्यक्रम विस्तार गरिनेछ। आयोगले समुदायमै पुगेर मतदातासँग प्रत्यक्ष अन्तरक्रिया गर्ने रणनीति अपनाएको छ ।

प्रत्येक वडामा खटाइने स्वयंसेवकहरुले नमुना मतपत्रमार्फत मतदान गर्ने तरिका,मत संकेत गर्दा ध्यान दिनुपर्ने विषय र बदर मत हुन नदिने उपायबारे प्रशिक्षण दिनेछन् । विशेष गरी पहिलोपटक मतदान गर्न लागेका मतदातालाई लक्षित गरी सचेतनामुलक गतिविधि सञ्चालन गरिने जनाइएको छ ।

आयोगका सहायक प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रभावकारी मतदाता शिक्षाले लोकतान्त्रिक प्रक्रियामा नागरिकको सक्रिय सहभागिता सुनिश्चित गर्न मद्धत पुग्नेछ । कार्यक्रम सफल बनाउन प्रदेश सरकार,स्थानीय तह,रानीतिक दल,उम्मेदवार तथा सञ्चार क्षेत्रसँग सहकार्य आवश्यक रहेको उनले बताएका छन् ।

Top Changing Nepal

युट्युब सट्स