एसईई परीक्षाको तयारी गर्दे हुनुहुन्छ ? यसरी गर्नुहोस तयारी
काठमाडौँ । एसईई परीक्षा नजिकिँदै जादाँ विद्यार्थीहरुमा उत्साहसंगै तनाव पनि उत्पन्न हुने गर्छ। यस समयमा अभिभावक र विद्यार्थीले सहि तयारी ,सकारात्मक दृष्टिकोण र व्यवस्थित अभ्यास अपनाएमा पढाइ प्रभावकारी बन्न सक्दछ र परीक्षा सहज रुपमा सामना गर्न सकिन्छ । एसईई परीक्षा विद्यार्थी जीवनको महत्वपुर्ण शैक्षिक चरण मानिन्छ। माध्यमिक तहको अन्तिम मुल्याकंनका रुपमा लिइने यो परीक्षाले विद्यार्थीले भविष्यको अध्ययन तथा करियर मार्ग निर्धारणमा महत्वपुर्ण भुमिका खेल्छ। त्यसैले समयमै सही योजना बनाएर व्यवस्थित तयारी गर्नु आवश्यक हुन्छ। उचित अध्ययन तालिका,नियमित अभ्यास र सकारात्मक सोचका साथ तयारी गरेमा एसईईमा अपेक्षित सफलता हासिल गर्न सकिन्छ ।
केहि विज्ञहरुले एसईई तयारीका लागि दिएका केहि बुदाँहरु
१.आत्मप्रेरित भएर अध्ययनमा सक्रिय रहने
परीक्षा आउँदा अभिभावकहरुले दबाब दिने प्रवृत्ति हुन्छ । तर विद्यार्थीले पढाइ मनदेखि जागृत भएर गर्नु अत्यावश्यक हुन्छ । आफ्नै इच्छाशक्ति र बुझाइका आधारमा पढाइ गर्दा बढी प्रभावकारी हुन्छ ।
२.परीक्षा आफैँ दिने र समय व्यवस्थापनको जाँच गर्ने
परीक्षाका लागि पुराना प्रश्नपत्रको अभ्यास घरमा बसेरै तयारी गर्नु राम्रो हुन्छ । यसले उत्तर लेख्ने शैली सिक्न,समयको सही उपयोग गर्न र वास्तविक परीक्षा वातावरण्को अभ्यास गर्न मद्धत गर्दछ ।
३.परीक्षा दिनुअघि नै आवश्यक सामाग्रीको तयारी
परीक्षा केन्द्रमा जानुअघि आवश्यक समाग्रीहरु जस्तैः पेन्सिल,कलम,एडमिट कार्ड,रबर,क्यालकुलेटर तयारी अवस्थामा राख्नुपर्दछ । परीक्षा दिन जाने दिन सामान खोज्दा तानाव बढ्ने वा आत्तिने अवस्था हुन्छ ।
४.उत्तर लेख्ने शैलि
कुनै पनि प्रश्नको उत्तर लेख्दा पुस्तकको हुबहु सार्ने मात्र नभई प्रश्नले सोधेको अनुसार छोटकरीमा तथ्य र उदाहरणसहित क्रमबद्ध लेख्नु उपयुत्त हुन्छ । अनावश्यक कुरा लेख्दा समय खेर जाने भएको कारण बुदाँगत वा व्याख्यात्मक तरिका आवश्यक अनुसार अपनाउन सकिन्छ ।
५.सकारात्मक सोच राख्ने
परीक्षा हलमा नआत्तिनुहोस । अनावश्यक अफवाह वा डरको पछि नलाग्नुहोस् । आफनो तयारीमा भरोसा राख्नुका साथै मनलाई सकारात्मक राख्दा परीक्षामा ध्यान केन्द्रित गर्न मद्धत गर्दछ ।
६.आत्मविश्वासको महत्व
आफूप्रति विश्वास राख्नु नै परीक्षामा सपलm हुने प्रमुख आधार हो । डर वा चिन्ता नलिइ परीक्षालाई आफ्नो वर्ष भरीको मिहिनेतलाई प्रस्तुत गर्ने क्षेत्रका रुपमा लिई सकारात्मक दृश्टिकोण राख्दा विद्यार्थीको परक्षिामा राम्रो नतिजा आउँछ ।
सम्बन्धित समाचार
‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु,हेर्नुहोस् फोटो फिचरमा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
१८औं नाडा अटो शो भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुदैँ : जी १ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट प्रमुख आकर्षण
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
बालबालिकाको गोपनियता संकलन गरेको आरोपमा टिकटकलाई ४० करोड डलर जरिवाना
चीनको दाबी: जापानले ५,५०० आणविक बम बनाउन पुग्ने प्लुटोनियम भण्डार गरेको छ ।
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

