नाइमाद्वारा ‘ट्याक्सीको रूपमा प्रयोग हुने सवारी सम्बन्धी राष्ट्रिय मापदण्ड २०८१’ सम्बन्धी सुझाव मन्त्री समक्ष पेश
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ‘ट्याक्सीको रुपमा प्रयोग हुने सवारीसम्बन्धी राष्ट्रिय मापदण्ड २०८१’ सम्बन्धी सुझाव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमक्ष औपचारिक रूपमा पेस गरेको जनाएको छ ।
नाइमाका अनुसार ट्याक्सी सेवा मापदण्ड, २०८१ मा ट्याक्सी सेवालाई साधारण, विशेष र विशिष्ट गरी तीन वर्गमा व्यवस्था गरिएको छ। उक्त मापदण्डमा प्राविधिक, सुरक्षा तथा सेवा सम्बन्धी विशिष्टीकरण स्पष्ट रूपमा तोकिएका छन् र ती मापदण्ड पूरा गर्ने सवारी साधनलाई ट्याक्सी सेवाअन्तर्गत समावेश गर्न सकिने व्यवस्था रहेको बताइएको छ।
हाल बाग्मती प्रदेशमा व्यवहारमा सेडान प्रकारका सवारी साधनलाई मात्र ट्याक्सी सेवाको अनुमति दिइएको अवस्था देखिएको छ । तर, राष्ट्रिय मापदण्डअनुसार साधारण, विशेष र विशिष्ट वर्गभित्र पर्ने तथा तोकिएका सबै प्राविधिक, सुरक्षा र सेवासम्बन्धी मापदण्डहपूरा गर्ने सवारी साधनलाई ट्याक्सी सेवामा समावेश गर्न सकिने स्पष्ट व्यवस्था रहेको नाइमाले ध्यानाकर्षण गराएको छ।
नाइमाले सेडानबाहेकका अन्य उपयोगी, यात्रुमैत्री तथा विभिन्न आवश्यकताअनुकूल सवारी साधनलाई ट्याक्सी सेवाबाट बाहिर राख्नुका लागि स्पष्ट आधार नदेखिएको उल्लेख गरेको छ । मापदण्डमा तोकिएका सबै सर्त पूरा गर्ने विभिन्न सवारी वर्गलाई अनुमति प्रदान गरिएमा ट्याक्सी सेवा प्रदायकलाई आवश्यकताअनुसार सेवा दिन थप लचकता प्राप्त हुने, यात्रुलाई पर्याप्त सुविधा, सामान राख्ने स्थान, पहुँचयोग्यता (अपाङ्गता मैत्री) तथा यात्रु समूहको आकारअनुसार थप विकल्प उपलब्ध हुने उल्लेख गरिएको छ ।
पत्रमा विश्वका विभिन्न देशमा ट्याक्सी सेवा विभिन्न आकार र वर्गका सवारी साधनमार्फत सञ्चालन भइरहेको सन्दर्भ पनि प्रस्तुत गरिएको बताइएको छ । नेपालमा विशेषगरी बागमती प्रदेशमा विकल्प सीमित रहेको अवस्था देखिएको छ । केही अन्य सहरमा फरक वर्गका सवारी साधनलाई ट्याक्सी सेवामा अनुमति दिइएको भए पनि बागमतीमा सो व्यवस्था लागू नभएको कारण व्यावहारिक असमानता देखिएको नाइमाको धारणा छ ।
साधारण, विशेष र विशिष्ट वर्गअन्तर्गत पर्ने तथा राष्ट्रिय मापदण्डमा उल्लेखित सबै प्राविधिक, सुरक्षा र सेवासम्बन्धी विशिष्टीकरण पूरा गर्ने सवारीसाधनलाई ट्याक्सी सेवामा अनुमति प्रदान गरिनु उपयुक्त हुने सुझाव नाइमाले दिएको छ।
नाइमाले मन्त्रालयद्वारा तयार पारिएको नीतिगत ढाँचाको उद्देश्यप्रति पूर्ण सम्मान व्यक्त गर्दै आफ्ना सुझाव उद्योगगत अनुभव, व्यवहारिक आवश्यकता तथा सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले प्रस्तुत गरिएको स्पष्ट पारेको छ। सुरक्षित, गुणस्तरीय र यात्रुमैत्री ट्याक्सी सेवा प्रवद्र्धनका लागि मन्त्रालयसँग निरन्तर सहकार्य गर्न नाइमा प्रतिबद्ध रहेको पत्रमा उल्लेख छ।
सम्बन्धित समाचार
ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने
क्लासिक टेकमा १०० भन्दा बढी रोजगारीको अवसर
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
आकर्षक डिजाइन र स्मार्ट सुविधासहित रेड्मी वाच–६ सिरिज नेपालमा सार्वजनिक
आजदेखि “नाइमा मोबिलिटी एक्स्पो २०२६” सुरु हुदैँ
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक


