Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

इरानमा विद्यालयमाथि आक्रमण,मृतक संख्या २४ पुग्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, १६
इरानमा विद्यालयमाथि आक्रमण,मृतक संख्या २४ पुग्यो

काठमाडौँ । इरान र इजरायलबीच जारी संघर्ष थप उग्र बनेको छ । दक्षिण् इरानको होमोँज्गान प्रान्त अन्तर्गत पर्ने मिनाबस्थित एक प्राथमिक बालिका विद्यालयमा इजरायलले गरेको हवाइ आक्रमणमा २४ विद्यार्थीको मृत्यु भएको अन्तराष्ट्रिय मिडियाले बताएका छन् ।

यसैैबीच बहराइनको जुफैर क्षेत्रमा रहेको अमेरिकी नौसेनिक अड्डा वरपरका वासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । इरानी आक्रमणको जोखिम बढेपछि सुरक्षा सतर्कता कडा पारिएको अधिकारीहरुले जनाएका छन् ।

उता रुस सहित केही देशहरुले आक्रमण रोक्न र कुटनीतिक समाधान खोज्न आग्रह गरेका छन् । बढ्दो हिंसाले क्षेत्रीय शान्तिमा गम्भीर चुनौती थपिएको छ ।

Top Changing Nepal

युट्युब सट्स