शाओमीले बढायो सेवा पहुँचः वीरगञ्ज र जनकपुरमा नयाँ आधिकारिक सर्भिस सेन्टर
काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको कम्पनीले जनाएको छ । यही क्रममा कम्पनीले फागुन १४ गते बिहीबार आदर्शनगर, वीरगन्ज तथा फागुन १५ गते शुक्रबार अर्विट मल, शिवचोक, जनकपुरमा दुई आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको बताएको छ ।
यी सर्भिस सेन्टरहरू सञ्चालनमा आएसँगै मधेस प्रदेशका शाओमी प्रयोगकर्ताहरूले अब आफ्नै क्षेत्रमा आधिकारिक गुणस्तरीय सेवा प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ । कम्पनीका अनुसार यस विस्तारले ग्राहकको सन्तुष्टि अझ सुदृढ हुने विश्वास लिइएको छ ।
नयाँ सर्भिस सेन्टरमार्फत शाओमीका स्मार्टफोन,वेअरएबल्स (स्मार्टवाच तथा फिटनेस ब्यान्ड), हियरएबल्स (इयरफोन तथा हेडफोन) र विभिन्न आइओटी उपकरणहरूको मर्मत, प्राविधिक जाँच तथा सेवा उपलब्ध गराइने जनाइएको छ । यहाँ प्रयोग हुने सबै स्पेयर पार्ट्स आधिकारिक (जेनुइन) हुने जनाइएको छ ।

यी सर्भिस सेन्टरहरूको सञ्चालन टेलिडाइरेक्टर प्रा.लि.ले गर्नेछ भने टेलिडाइरेक्ट,रमेश कर्पअन्तर्गतको कम्पनी हो, जसले नेपालभर शाओमी ब्रान्डका लागि आधिकारिक सेवा व्यवस्थापन गर्दै आएको छ र ग्राहकमाझ विश्वासिलो सेवा प्रदायकका रुपमा स्थापित गर्ने कम्पनीले बताएको छ ।
उद्घाटनको अवसरमा कम्पनीले विशेष अफरसमेत घोषणा गरेको छ । सञ्चालनमा आएको मितिदेखि एक महिनासम्म ग्राहकहरूले सबै उपकरणमा निःशुल्क सभिर्सिङ तथा सफ्टवेयर अपग्रेड सेवा पाउने कम्पनीको दाबी छ । साथै वारिन्टीबाहिर रहेका स्पेयर पाट्र्स र मर्मत सेवामा २५ प्रतिशतसम्म छुट तथा वारिन्टी बाहिरका स्पेयर पाट्र्समा कुनै सर्भिस शुल्क नलाग्ने सुविधा उपलब्ध गराइने पनि कम्पनीले जनाएको छ ।
दुवै सर्भिस सेन्टरमा दक्ष तथा तालिमप्राप्त प्राविधिक टोली रहने बताइएको छ, जसले सामान्य मर्मतदेखि जटिल प्राविधिक समस्यासम्म आधिकारिक र मापदण्डअनुसारको सेवा प्रदान गर्नेछन् ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


