Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

नेपाली सेनाद्वारा दशैंका लागि बस सेवा सञ्चालन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, आश्विन, १९
नेपाली सेनाद्वारा दशैंका लागि बस सेवा सञ्चालन

बडादशैं २०७३ को उपलक्ष्यमा घर विदामा जाने सकलदर्जा तथा उनीहरुका आश्रित परिवारहरुको हितको लागि नेपाली सेनाले आजबाट २३ सम्मका लागि बस सेवा सञ्चालनमा ल्याएको छ ।

काठमाण्डौंबाट ईटहरी, हेटौडा, दोलखा, रामेछाप, चौतारा, त्रिशुली, धादिङ्ग, बुटवल, पोखरा, धनगढी, र नारायणगढ सम्म जाने र आउने गरी निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको हो । उक्त बसहरु सम्बन्धित स्थानबाट प्रत्येक दिनको विहान ६ः०० बजे छुट्ने र प्रति सैनिक व्यक्ति बढीमा ४ जनाले सुविधा लिन पाउने व्यवस्था मिलाईएको छ ।

महानवमीदेखि एकादशीसम्म ३ दिन काठमाण्डौं उपत्यका भित्र सार्वजनिक सवारी साधन न्यून मात्र चल्ने भएकोले सैनिक तथा गैह्र सैनिक व्यक्तिहरुको आवागमनमा सुविधा पु¥याउने उद्धेश्यले बस सेवा सञ्चालन ल्याईएको नेपाली सेनाले जानकारी दिएको छ ।

३ दिन ८ वटा छुट्टा–छुट्टै रुटहरुमा प्रत्येक दिन ६ः०० बजेदेखि ११ः०० बजेसम्म र १६ः०० बजे भद्रकालीबाट ३० सिट क्षमताको १/१ वटा बस निःशुल्क संचालन गर्न मिलाईएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स