एलआरआर मोटर्सको “नयाँ ऊर्जा, नयाँ यात्रा र नयाँ अनुभव” विशेष बिक्री योजना सार्वजनिक
काठमाडौं । नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर एलआरआर मोटर्स प्रा लीले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी जीलि इएक्स ५ म्याक्समा आकर्षक नयाँ वर्ष विशेष बिक्री योजना “नयाँ ऊर्जा, नयाँ यात्रा र नयाँ अनुभव” सार्वजनिक गरेको छ।
चैत्र १, २०८२ देखि वैशाख ७, २०८३ सम्म लागू हुने यस योजना अन्तर्गत सो अवधिभित्र जीलि इएक्स ५ म्याक्स खरिद गर्ने ग्राहकहरूले विभिन्न आकर्षक उपहार तथा सुविधाहरू प्राप्त गर्ने बताइएको छ। कम्पनीले ग्राहकहरूलाई विशेष अनुभव प्रदान गर्ने उद्देश्यले ६ रात ७ दिनको थाइल्याण्ड भ्रमण (२ जनाका लागि) सहितका विशेष लाभहरू समावेश गरेको जनाएको छ।
यसका अतिरिक्त कम्पनीका अनुसार यो विशेष योजना अन्तर्गत ग्राहकहरूले जीलि इएक्स ५ म्याक्सको खरिदमा स्मार्ट कफी मेसिन,एडेपटेबल चार्जर, आकर्षक नगद छुट, ह्यासल–फ्री फाइनान्सिङ सुविधा, १ वर्षको निःशुल्क अटो प्लस इन्सुरेन्स तथा १ वर्षको निःशुल्क रोड टयाक्स जस्ता सुविधाहरू पनि प्राप्त गर्नेछन्।
एलआरआर मोटर्सका सेल्स एण्ड अपरेसन हेड अधिर श्रेष्ठका अनुसार, “नयाँ वर्ष २०८३ को अवसरमा ग्राहकहरूलाई अझ विशेष अनुभव प्रदान गर्ने उद्देश्यले हामीले जीलि इएक्स ५ म्याक्समा यो आकर्षक योजना ल्याएका हौँ। विद्युतीय सवारीप्रति बढ्दो चासोलाई ध्यानमा राख्दै हामीले ग्राहकलाई थप मूल्य दिने गरी थाइल्याण्ड भ्रमणदेखि लिएर बीमा, रोड ट्याक्स र अन्य सुविधाहरू समेटिएको प्याकेज तयार गरेका छौँ। यस योजनाले ग्राहकहरूलाई प्रिमियम इलेक्ट्रिक एसयूभी अनुभवसँगै नयाँ वर्षको खुशी पनि थप विशेष बनाउने विश्वास लिएका छौँ।”
एलआरआर मोटर्सले अत्याधुनिक प्रविधि, सुरक्षा र प्रिमियम अनुभव प्रदान गर्ने लक्ष्यसहित जीलि इएक्स ५ म्याक्स विद्युतीय एसयूभी नेपाली बजारमा उपलब्ध गराउँदै आएको बताएको छ। कम्पनीका अनुसार नयाँ वर्षको अवसरमा ल्याइएको यो योजना ग्राहकहरूलाई विद्युतीय सवारीतर्फ आकर्षित गर्ने र उनीहरूलाई थप मूल्य प्रदान गर्ने उद्देश्यले तयार गरिएको हो।
कम्पनीले नयाँ वर्षमा “नयाँ ऊर्जा, नयाँ यात्रा र नयाँ अनुभव” सुरु गर्न चाहने ग्राहकहरूलाई जीलि इएक्स ५ म्याक्स रोज्न आग्रह गरेको छ। इच्छुक ग्राहकहरूले कम्पनीको शोरुममा गई सीमित अवधिका लागि लागू भएको यस अफरको फाइदा लिन सक्ने जनाइएको छ।
सम्बन्धित समाचार
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुँदै ।
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

