यस वर्षको एसइई भोलिबाट सुरु, ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक परीक्षा (एसइई) चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुदै छ । परीक्षा देशभरका सबै केन्द्रमा बिहान ८ बजेदेखि एकै समयमा सुरु हुनेछ भने पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा रहको छ ।
यस वर्ष कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । तीमध्ये ४ लाख ४१ हजार ५६६ नियमिततर्फ र ७० हजार ८५५ ग्रेड वृद्धितर्फका विद्यार्थी छन् । सहभागी मध्ये छात्राको संख्या छात्र भन्दा बढी रहेको बोर्डले जनाएको छ ।
देशभर १ हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरिएका छन् भने ११ हजारभन्दा बढी विद्यालयका विद्यार्थी सहभागी हुनेछन् । प्रदेशगत रुपमा बागमती प्रदेशमा सबै भन्दा बढी र कर्णाली प्रदेशमा सबैभन्दा कम परीक्षार्थी रहेका छन् ।
परीक्षाको सम्पूर्ण तयारी भइसकेको बोर्डले जनाएको छ । यसवर्ष परीक्षा केन्द्रभित्र सामूहिक अनुगमनमा रोक लगाइएको छ भने प्रश्नपत्रहरु सबै जिल्लामा सुरक्षित रुपमा पुर्याइसकिएको छ र आवश्यक सुरक्षा व्यवस्था मिलाइएको बताइएको छ ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

