Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

सभामुखमा डोलप्रसाद अर्यालको उम्मेदवारी,चैत २२ मा निर्वाचन हुने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, चैत्र, २०
सभामुखमा डोलप्रसाद अर्यालको उम्मेदवारी,चैत २२ मा निर्वाचन हुने

काठमाडौँ । रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले सभाको सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा पार्टी सभापति रवि लामिछाने रहेका छन भने अन्य नेताहरुले समर्थन जनाएका छन् ।

सभामुख पदको निर्वाचित चैत २२ गते हुने तय भएको छ । उक्त दिन बस्ने प्रतिनिधि सभा बैठकमा उम्मेदवारको प्रस्ताव र समर्थनपछि छलफल गरी निर्णयार्थ प्रस्तुत गरिने छ ।

प्रतिनिधि सभामा रास्वपाको बलियो उपस्थिति भएकाले अर्याल सभामुख बन्ने सम्भावना उच्च देखिएको छ । हाल सभामुख पद रिक्त हुँदा ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले बैठक सञ्चालन गर्दै आएका छन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स