नेपालमा ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्स सी सार्वजनिक,यस्तो छ मूल्य
काठमाडौँ। ट्रायम्फले आफ्नो नयाँ एड्भेन्चर ओरियन्टेड मोटरसाइकल स्क्रयाम्बलर ४०० एक्स सी नेपालमा सार्वजनिक गरको छ। कम्पनीले यसलाई सन् २०२६ फेब्रुअरी २७ मा आधिकारिक रुपमा सार्वजनिक गरको हो। कम्पनीका अनुसार स्क्रयाम्बलर ४०० सिरिजको यो नयाँ भेरियन्ट विशेषगरी अफ–रोड र डुअल–स्पोर्ट राइडरहरुलाई लक्षित गरेर ल्याइएको हो। यसअघि स्क्रयाम्बलर ४०० एक्स बजारमा आइसकेको भए पनि एक्स सी भेरियन्टमा थप रोड फिचरहरु समावेश गरिएको बताइएको छ ।

नयाँ स्क्रयाम्बलर ४०० एक्ससीमा ३९८.१५ ससिीको लिक्विड–कुल्ड,४ भल्भ,डीओएचसी,सिंगल–सिलिन्डर इन्जिन दिइएको छ भने यसले ८००० आरपीएममा करिब ४० पीएस (३९.५ बिएचपी) पावर र ६५०० आरपीएममा ३७.५ एनएम टर्क उत्पादन गर्ने जनाइएको छ। यसमा ६ स्पीड गियरबक्स र वेट मल्टि–प्लेट स्लिप क्लच दिइको छ,जसले पावर डेलिभरीलाई स्मुथ र नियन्त्रणयोग्य बनाँउछ । स्टेनलेस स्टिल साइलेंसरसहितको ट्विन–स्किन एग्जस्ट सिस्टमले यसको प्रदर्शनलाई थप मजबुत बनाएको छ भने माइलेजको हिसाबले यो बाइकले १०० किमीमा करिब ३.५ लिटर पेट्रोल प्रयोग हुने बताइएको छ ।
कम्पनीका अनुसार बाइकमा हाई–माउन्टेड फ्रन्ट मडगार्ड,अपस्वेप्ट एग्जस्ट,फराकिलो ९०१ मिमी ह्यान्डलबार र ११६९ मिमी उचाइ (मिरर बिना) जस्ता विशेषता दिनुका साथै ८३५ मिमी सिट हाइट र १४१८ मिमी ह्वीलबेसले राम्रो सन्तुलन प्रदान गर्छ। त्यस्तैगरी यस बाइकमा १३ लिटरको फ्युल ट्यांक क्षमताले लामो यात्रामा सहयोग पुर्याउने जनाइएको छ ।

यस बाइकको सस्पेन्सन र ब्रेकिंग सिस्टम पनि निकै बलियो रहेको छ भने अगाडि ४३ मिमी अपसाइड–डाउन बिग पिस्टन फोर्क र पछाडि एक्स्टर्नल रिजभ्र्वायरसहितको ग्यास मोनोशक (प्रि–लोड एड्जस्टेबल) दिइएको छ । ब्रेकिंगका लागी अगाडि ३२० मिमी डिस्क ब्रेक (फोर–पिस्टन क्यालिपर,एबिएस) र पछाडि २३० मिमी डिस्क ब्रेक (बाइब्रे क्यालिपर,एबिएस) राखिएको बताइएको छ । यसमा एलसीडि डिस्प्ले पनि उपलब्ध छ । त्यस्तै गरी १९ एन्च अगाडि र १७ इन्च पछाडिको कास्ट एलुनिमनियम अलोय १० स्पोक ह्वीलले अफ–रोड र अन–रोड दुवैमा राम्रो ग्रिप प्रदान गर्छ ।

नेपालमा ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्स सीको मूल्य रु.७ लाख ९९ हजार ९०० तोकिएको छ। शक्तिशाली इन्जिन,एडभेन्चर–फोकस्ड डिजाइन र आधुनिक फिचरका कारण यो बाइक दैनिक प्रयोगसँगै अफ–रोड यात्राका लागि आकर्षक विकल्प बन्ने अपेक्षा गरिएको छ ।
सम्बन्धित समाचार
सिप्रदी ट्रेडिङद्वारा टाटा BS6 बस च्यासिस सार्वजनिक
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


