वीरगन्ज नाकाबाट विद्युतीय सवारी आयातमा उल्लेख्य वृद्धि
वीरगन्ज । चालु आर्थिक वर्षको पहिलो सात महिनामा वीरगन्ज नाका हुँदै विद्युतीय सवारीसाधनको आयातमा उल्लेख्य वृद्धि भएको छ । यस अवधिमा रु १ अर्ब ४८ करोड ६४ लाख मुल्य बराबरका ४ सय ९७ वटा विद्युतीय जिप, कार र भ्यान आयात भइकम छन् । ती सवारीबाट रु ९६ करोड ३६ लाख राजस्व सङ्कलन भएको जनाइएको छ ।
गत आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा यो संख्या उल्लेखनीय रुपमा बढेको हो । अघिल्लो वर्ष सोही अवधिमा रु ४३ करोड १ लाख मुल्यका १ सय ६५ वटा मात्र विद्युतीय सवारी आयात भएका थिए ,जसबाट रु ३५ करोड ५० लाख राजस्व सङ्कलन भएको थियो ।
वीरगन्ज भन्सार कार्यालयका सुचना अधिकारी उदयसिंह विष्टका अनुसार विद्युतीय सवारीप्रति आकर्षण बढेसँगै आयातमा तीव्र वृद्धि देखिएको छ भने विद्युतीय मोटरसाइकलको आयात घटेको छ । चालु आवमा १ हजार १ सय २८ वटा मोटरसाइकल (रु ८० करोड ५७ लाख ) आयात हुँदा गत वर्ष सोही अवधिमा ३ हजार ३ सय ७४ वटा (रु ४४ करोड ३ लाख ) आयात भएका थिए ।
यसैगरी इन्धनबाट चल्ने सवारीसाधनको आयात पनि उल्लेख्य रहेको छ । चालु आवमा रु १ अर्ब १६ करोड १३ लाख मुल्यका ६ सय ९ वटा जिप, कार र भ्यान आयात भएका छन् जसबाट रु २ अर्ब ८६ करोड राजस्व उठेको बताइएको छ । अघिल्लो वर्ष भने रु १ अर्ब ५० करोड मुल्यका ७ सय ४८ वटा सवारी आयात हुँदा रु ३ अर्ब ७३ करोड राजस्व सङ्कलन भएको थियो ।
चालु आर्थिक वर्षको सात महिनामा सवारीसाधन तथा पार्टपुर्जाको आयात रु २३ अर्ब ५७ करोड पुगेको छ , जुन गत वर्षको सोही अवधिको रु १७ अर्ब १५ करोडको तुलनामा उल्लेख्य वृद्धि भएको जनाइएको छ ।
सम्बन्धित समाचार
सिप्रदी ट्रेडिङद्वारा टाटा BS6 बस च्यासिस सार्वजनिक
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


