प्रधानमन्त्री कप २०२६ को “पावर्ड बाई” प्रायोजन मार्फत नेपाली क्रिकेटमा नयाँ ऊर्जा भर्दै यामाहा
काठमाडौं । नेपालमा क्रिकेट केवल खेल मात्र होइन, यो भावनासँग जोडिएको विषय हो। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको नयाँ सिजन सुरु हुँदै गर्दा यामाहाले यस प्रतियोगिताको आधिकारिक “पावर्ड बाई” प्रायोजकको रूपमा आफ्नो सहभागिता सगर्व घोषणा गरेको छ। युवा खेलाडीहरूको सपना साकार पार्ने र नेपाली खेलकुदको उत्साहलाई सम्मान गर्ने उद्देश्यले यो सहकार्य गरिएको जनाएको छ।
एक महिनासम्म चल्ने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता नेपाल क्रिकेट संघ (क्यान) द्वारा हरेक वर्ष आयोजना गरिने देशकै प्रमुख घरेलु क्रिकेट प्रतियोगिता हो। यस प्रतिष्ठित प्रतियोगिताले प्रत्यक्ष प्रसारण, मोटरसाइकल एवम् नगद पुरस्कारसहितका विभिन्न प्रमुख अवार्डहरू वितरण गरिने पोस्ट(म्याच कार्यक्रम मार्फत उच्चस्तरीय ब्राण्ड भिजिबिलिटी प्रदान गर्दछ।
नेपालमा यामाहाको यात्रा सदैव उत्कृष्ट प्रदर्शनप्रतिको प्रतिबद्धताका कारण सफल रहँदै आउनुका साथै काठमाडौं रेजर्ससँग फुटबल मैदानमा देखिएको जोश होस् वा विभिन्न युवामैत्री पहलहरू, यामाहाले सधैं देशलाई अघि बढाउने प्रतिभालाई साथ दिँदै आएको बताइएको छ। पीएम कपसँग सहकार्य गर्दै, यामाहाले नयाँ पुस्ताका क्रिकेट खेलाडीप्रति आफ्नो प्रतिबद्धता अझ सुदृढ गरेको छ, जसले यस ब्रान्डको “कान्दो” फिलोसोफीलाई क्रिकेटजस्तो अनुशासित र टिमवर्कमा आधारित खेलसँग जोड्ने जनाइएको छ।
मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मान गर्न यामाहाले यस वर्ष अझ आकर्षक पुरस्कारको व्यवस्था गरेको बताइएको छ। प्रतियोगिताका उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र ‘प्लेयर अफ द म्याच’ लाई जनही एक–एक वटा यामाहा सलुटो मोटरसाइकल प्रदान गरिनेछ, जसले उनीहरूको खेल कौशल, मेहनत र उत्कृष्ट प्रदर्शनलाई सम्मान गर्नेछ।
साँच्चै नै जनताको खेलको रूपमा रहने यो प्रतियोगिता पुरै एक महिनासम्म वीरगञ्ज, जनकपुर, माथिल्लो मुलपानी र तल्लो मुलपानी जस्ता देशका प्रमुख खेल मैदानहरूमा सञ्चालन हुनेछ। यसमा सातवटै प्रदेशलाई प्रतिनिधित्व गर्ने टोलीहरूसँगै नेपाल पुलिस, नेपाल आर्मी र एपीएफ जस्ता विभागीय टोलीहरू समेत कुल १० टोलीबीच प्रतिस्पर्धा हुनेछ।
नेपाल क्रिकेट संघका सचिव पारस खड्काले भने, “पीएम कप २०२६ मा यामाहाको सहभागिताले हामीलाई खुसी लागेको छ। यस्ता सहकार्यले घरेलु क्रिकेटलाई थप मजबुत बनाउनुका साथै खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शन गर्न प्रेरित पनि गर्नेछ।”
एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले भने, “पीएम कप जस्तो नेपाली युवाको उत्साह झल्काउने प्रतियोगितालाई समर्थन गर्न पाउँदा हामी गर्व गर्दछौं। यो प्रतियोगिता खेल मार्फत विकास र उत्कृष्टताको उदाहरण प्रस्तुत गर्ने सहि प्लेटफर्म हो।”
त्यसैगरी, कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले भने, “यामाहा सधैं सपनाको शक्तीमा विश्वास गर्दछ। पीएम कप पनि एक यस्तो मञ्च हो जहाँ भविष्यका स्टारहरू जन्मिन्छन्। त्यसैले नेपाली जनतामा खुशी र गौरव जगाउने यस्तो प्रतियोगिताको हिस्सा बन्न पाउँदा हामी उत्साहित छौं।”
यामाहा देशभरका सबै क्रिकेटप्रेमीहरूलाई यस रोमान्चक प्रतियोगितामा सहभागी हुन आह्वान गर्दछ, जुन यस अघिका संस्करणहरू भन्दा अझ भव्य, प्रतिष्पर्धात्मक र प्रेरणादायी हुने अपेक्षा गरिएको बताइएको छ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
सिप्रदी ट्रेडिङद्वारा टाटा बि एस सिक्स बस च्यासिस सार्वजनिक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


