वाणिज्य बैंकको नाफा सामान्य वृद्धि : फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ
काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म देशका २० वटा वाणिज्य बैंकले कुल ४३ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.८९ प्रतिशतले मात्रै बढी हो । अघिल्लो वर्ष यही अवधिमा बैंकहरूले ४३ अर्ब ४९ करोड ६५ लाख रुपैयाँ नाफा कमाएका थिए । यसले बैंकिङ क्षेत्रमा नाफा वृद्धिदर सुस्त रहेको देखाउँछ ।
फागुनसम्मको विवरण अनुसार नबिल बैंकले सबैभन्दा धेरै ६ अर्ब ७ करोड ४१ लाख रुपैयाँ नाफा कमाउँदै अग्रस्थान कायम गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ७८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
त्यस्तै, ग्लोबल आइएमई बैंकले ४ अर्ब ६२ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ । यद्यपि, यो नाफा गत वर्षको सोही अवधिको तुलनामा २.२६ प्रतिशतले घटेको छ । समग्रमा बैंकहरूको नाफा सामान्य रूपमा बढे पनि अपेक्षित दरमा सुधार हुन नसकेको देखिएको छ ।
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


