Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

इन्धन आयातमा ५०% भन्सार कर छुट दिने सरकारको निर्णय

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, चैत्र, २४
इन्धन आयातमा ५०% भन्सार कर छुट दिने  सरकारको  निर्णय

काठमाडौँ । पेट्रोलियम पदार्थसँग सम्बन्धित कर संरचनामा सरकारले उल्लेखनीय परिवर्तन गरको छ । मंगरबार सम्पन्न मन्त्रिपरिषद बैठकले डिजेल ,पेट्रोल र मट्टितेल आयात गर्दा लाग्ने भन्सार शुल्क र पुर्वाधार करलाई आधाले घटाउने निर्णय गरेको हो ।

सरकारका अनुसार यो कदम इन्धनको बढ्दो नियन्त्रणमा राख्ने उद्धेश्य लिइएको हो । बैठकपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले निर्णय सार्वजनिक गर्दै उपभाक्तालाई केही राहत पुग्ने अपेक्षा गरिएको बताइन ।

नयाँ व्यवस्थाले इन्धन आयातकर्तालाई पनि सहजता प्रदान गर्ने विश्वास गरिएको छ । त्यस्तै गरी बजारमा इन्धनको मूल्य स्थिर बनाउन र आपूर्ति व्यवस्थालाई थप प्रभावकारी बनाउन यो निर्णय उपयोगी हुने सरकारको धारणा छ ।

Top Changing Nepal

युट्युब सट्स