काठमाडौँमा नयाँ वर्षदेखि रात्रिकालीन बस सेवा सुरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नयाँ वर्षदेखि रात्रिकालीन बस सेवा सुरु नयाँ वर्षको अवसर पारेर रात्रिकालीन सार्वजनिक बस सेवा सञ्चालन गर्ने भएको छ । महानगरले साझा यातायातसँगको सहकार्यमा बैशाख १ गतेदेखि बेलुका ८ बजेदेखि राति ११ बजेसम्म सेवा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।
प्रारम्भिक चरणमा दुईवटा मुख्य रुटमा सेवा सञ्चालन गरिनेछ ।
पहिलो रुट :
ललितपुरको लगनखेलबाट सुरु भई पाटन अस्पताल, अल्का, नर्भिक अस्पताल, प्रसुति गृह, ट्रमा सेन्टर ,वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल ह्रदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म बस सञ्चालन हुनेछ ।
दोस्रो रुट :
थानकोटबाट सुरु भई सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म सेवा विस्तार गरिनेछ ।
यी दुवै रुटमा प्रारम्भिक रुपमा ४ वटा विद्युतीय बस सञ्चालन गरिनेछन् । यात्रुलाई सहज बनाउन तोकिएका बस स्टपहरुमा प्रत्येक २० मिनेटको अन्तरालमा बस उपलब्ध हुने बताइएको छ ।
यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै बसहरुमा सीसीटिभी क्यामरा जडान गरिनेछ भने आवश्यक सुरक्षा व्यवस्थाका लागि नगर प्रहरी प्रहरी परिचालन गरिने महानगरपालिकाले जनाएको छ ।
सम्बन्धित समाचार
कस्तो रहला आजको मौसम ?
प्रोटोन इ.मास ५ : नाइमा नेपाल मोबिलिटि एक्सपोको विशेष आकर्षणको हब
हायर पर्चेज कर्जाको ब्याजदरमा राष्ट्र बैंकको कडाइ
चेरी वान्डाका ईभी भ्यान, बिना धितो हायर पर्चेज सुविधासहित नाइमा एक्स्पोमा
“एट्टो सिरिज” को न्यु जेनेरेसन नेपालमा, बीवाईडीले नाइमा एक्सपोमा सार्वजनिक गर्यो अपडेट मोडल
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक
सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



