४९९ रुपैयाँमै महिनाभर अनलिमिटेड डाटा दिने नेपाल टेलिकमको धमाकेदार नयाँ वर्ष अफर
काठमाडौँ । नयाँ वर्ष २०८३ को अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि आकर्षक डाटा अफर सार्वजनिक गरेको छ । प्रिपेड र पोस्टपेड दुवै प्रकारका प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले दुई विशेष प्याकेज ‘न्यु इयर लाइट’ र ‘न्यु इयर प्रिमियम’ बजारमा ल्याएको छ ।
‘न्यु इयर लाइट’ प्याकेजअन्तर्गत ४९९ रुपैँयामा ग्राहकहरुले ३० दिनसम्म दैनिक ५ जीबी डाटा प्रयोग गर्न सक्नेछन् । दैनिक तोकएको सीमा सकिएपछि पनि इन्टरनेट सेवा रोकिने छैन बरु २ एमबीपीएसको गतिमा अनलिमिटेड डाटा चलाउन सकिने व्यवस्था गरिएको छ ।
त्यस्तै गरी ‘न्यु इयर प्रिमियम’ प्याकेज ६९९ रुपैयामा उपलब्ध हुनेछ भने जसमा प्रयोगकर्ताले प्रत्येक दिन १० जीबी डाटा पाउनेछन् । यो सीमा नाघेपछि ३ एमबीपीएस गतिमा निरन्तर इन्टरनेट सेवा उपयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
यो अफर चैत ३० गतेदेखि सुरु भई वैशाख २ गतेसम्म मात्र खरिदका लागि खुला रहनेछ । दुवै प्याकेजको मान्य अवधि भने ३० दिन रहनेछ । पोस्टपेड ग्राहकहरुको हकमा भने खरिद गरिएको प्याकेजको शुल्क मासिक रेन्टलमै समावेश हुने व्यवस्था मिलाइएको छ ।
कम्पनीका अनुसार नयाँ वर्षको अवसर पारेर सुलभ र गुणस्तरीय इनटरनेट सेवा उपलब्ध गराउने उद्धेश्यले यो योजना ल्याइएको हो । इच्छुक ग्राहकहरुले १४१५११# डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एपमार्फत सहज रुपमा प्याकेज सक्रिय गर्न सक्नेछन् ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


